शान्ति सुरक्षा प्रभावकारी बनाउन टीकापुर प्रहरीको निरन्तर पहल

शेयेर गर्नुहोस

सुदिप बिक

टीकापुर । कैलालीको टीकापुरमा शान्ति सुरुक्षा प्रभावकारी बनाउन ईलाका प्रहरी कार्यालय टीकापुरले निरन्तर रुपमा पहल गरिरहेको छ ।

पछिल्लो समय देशमा लागू औषध तथा दुर्व्यशन संगै सडक दुर्घटनाका घटनाहरु बढिरहेकाले ईलाका प्रहरी कार्यालय टीकापुरले शान्ति सुरक्षाका सवालमा टीकापुरका बिभिन्न बिद्यालयहरुमा अभिमुखिकरण कार्यक्रम गरी रहेको छ ।

ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक निराजन सुनारको नेतृत्वमा प्रहरी निरिक्षक सुनारले लागु औषध दुर्व्यसनी नियन्त्रणका सवालमा सहजिकरण गरेका थिए। भने प्रहरी नायव निरीक्षक खेम विक्रम केसी (ट्राफिक प्रहरी) समेतको प्रहरी टोलीले सडक दुर्घटना न्युनीकरण सम्बन्धी जनचेतनामुलक सहजिकरण गरिरहेको छ ।

बुधबार गरिएको अभिमुखिकरणमा टीकापुर नगरपालीका वडा नं। १ स्थित सरस्वती माध्यामिक बिद्यालय बनगाँउमा १२० जना विद्यार्थीहरुलाई लागु औषध दुर्व्यसनी नियन्त्रण र सडक दुर्घटना न्युनीकरण सम्बन्धि सचेतिकरण कार्यक्रम गरिएको थियो ।

प्रहरीले शान्ति सुरक्षाका सवालमा गरिरहेको निरन्तर पहलमा राजनीतिक दल,नागरिक समाज संचारकर्मि, लगायत आम टीकापुर बासिहरुको सकारात्मक सल्लाह सुझाव सहित सहयोगको अपेक्षा रहेको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी प्रमुख डिएसपि मधुसुदन न्यापानेले बताए ।

ताजा खबर

नागरिक उन्मुक्ति पार्टीभित्र फेरी किचलो

कञ्चनपुरमा ५६ वर्षीय पुरुष एसइईको परिक्षा दिँदै

टीकापुर नगरपालिकाले मनायो विश्व क्षयरोग दिवस

धनगढीका मेयर हमालकी छोरी सम्पर्कमा

बैतडीमा भिरबाट लडेर एक पुरुष घाइते

amazed

छुटाउनु भयो कि !

हाम्रो फेसबुक