शेयेर गर्नुहोस
उद्घाटनमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट आउने
सुदिप बिक ।
टीकापुर । कैलालीको टीकापुरमा स्टार तेक्वान्दो एण्ड फिटनेस एकाडेमी खुल्ने भएको छ ।
बुधबार टीकापुरमा पत्रकार सम्मेलन गर्दै तेक्वान्दो खेलका मुख्य प्रशिक्षक प्रकाश जैगडीले आगामी फाल्गुन २ गते स्टार तेक्वान्दो एण्ड फिटनेस ऐकाडेमीको उद्घाटन हुने जानकारी दिए ।
उनले खेल मार्फत सुदूरपश्चिम तथा सिङगो देशलाई चिनाउनका लागि टीकापुर क्षेत्रमा स्टार तेक्वान्दो एण्ड फिटनेस एकाडेमि संचालन गर्न लागिरहेको पत्रकार सम्मेलनमा जानकारी दिए ।
जैगडीले पछिल्लो समय किशोरहरु भन्दा पनि किशोरीहरु हत्याहिँसा बलात्कारको सिकार बनिरहेको अवस्थामा किशोर अवस्थाका युवा युवतिहरुको आत्मा रक्षाका लागि पनि एकाडेमीले पनि महत्वपूर्ण सहयोग गर्ने बताए ।
उनले हत्याहिँसा बलात्कार सँगै लागुऔषध दुव्र्ययशन पनि बढी रहेको भन्दै खालि समयलाई सदुपयोग गरी स्वस्थ शरीर बनाउनका लागि ऐकेडेमि खुलिरहेको जानकारी दिए ।
फागुन २ गते हुने ऐकाडेमीको समुद्घाटन सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट द्वारा हुने समेत पत्रकार सम्मेलनमा प्रमुख जैगडीले जानकारी दिए ।