टीकापुरमा आत्मारक्षा सम्बन्धी ५ दिने तालिम सम्पन्न

शेयेर गर्नुहोस

सुदिप बिक /
टीकापुर । कैलालीको टीकापुरमा आज आत्मारक्षा सम्बन्धि ५ दिने तालिम सम्पन्न भएको छ ।

बाल कल्याण संघका कोषाध्यक्ष धनराज शाहिको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रमुख अतिथी वल्र्डभिजन ईन्टरनेशनलका डेजुना राईले आत्मारक्षा तालिमले सहभागीहरुमा सकारात्मक परिवर्तन आएकोले खुसि व्यक्त गर्दै समुदायमा ढुक्क भएर काम गर्न आग्रह गरीन ।

समापन कार्यक्रमको सँचालन तपेन्द्र ठकुल्लाले गरेका थिए । भने समापन कार्यक्रममा बाल कल्याण सँघका परियोजना अधिकृत संगम रेग्मी, तालिमका प्रशिक्षक खिमा क्षेत्री, लगायतले उत्प्रेरणादायी धारणा राख्नु भएको थियो ।

सहभागीहरु सपना चौधरी, ललित टमट्टाले ५ दिनको आत्मारक्षा सम्बन्धि तालिमले नेतृत्व बिकास सँगै आगामि जिवनमा सकारात्मक नकारात्मक बाटो पत्ता लगाएर अघि बढ्ने जोशजागर र हौसला पाएको बताए ।

५ दिनको आत्मारक्षाको तालिममा सहजिकरण उत्कृष्ट मोटिभेसनल गल्सकिकका संस्थापक निरज न्यौपाने ,खिमा क्षेत्री लगायतको टोलिले गरेको थियो ।

वल्र्डभिजन ईन्टरनेशनल नेपाल र बाल कल्याण सँघ टीकापुरको समन्वयमा माघ २४ गते बाट सुरु भएको ५ दिने तालिममा कैलालीको टीकापुर नगरपालिका, भजनि नगरपालिका,गौरीगँगा नगरपालिका र घोडाघाडी नगरपालिका गरि २८ जनाको सहभागीता रहेको थियो ।

ताजा खबर

नागरिक उन्मुक्ति पार्टीभित्र फेरी किचलो

कञ्चनपुरमा ५६ वर्षीय पुरुष एसइईको परिक्षा दिँदै

टीकापुर नगरपालिकाले मनायो विश्व क्षयरोग दिवस

धनगढीका मेयर हमालकी छोरी सम्पर्कमा

amazed

छुटाउनु भयो कि !

हाम्रो फेसबुक