टीकापुरमा नगर स्तरिय मेलमिलाप सँजाल गठन

शेयेर गर्नुहोस

सुदिप बिक ।
टीकापुर । कैलालीको टीकापुर नगरपालिकामा शुक्रबार नगर स्तरिय मेलमिलाप सँजाल गठन भएको छ ।

टीकापुर नगरपालिकाका जेष्ठ मेलमिलापकर्ता लोकराज ढुँगानाको अध्यक्षतमा गठन भएको नगर स्तरिय मेलमिलाप सँजालको संयोजकमा जँग बहादुर चौधरी चयन हुनु भएको छ ।

चौधरीको सँयोजकमा १३ सदस्यीय नगर स्तरिय मेलमिलाप सँजाल गठन भएको छ जसको सह सँयोजकमा ज्ञानु देबी साउँद सचिवमा गोभिन्द प्रसाद कोईराला चयन हुनु भएको छ ।

भने सदस्यहरुमा पदम सापकोटा,लोकराज ढुँगाना,लिना चौधरी,जवालसिँह तिरुवा,जोख्खन लाल चौधरी,जनक चौधरी,शान्ता बोहरा,देबेन्द्र प्रसाद ढुँगाना,शँकर बिक,रबिका चौधरी गरि १३ सदस्यीय चयन भएका छन ।

नगर स्तरिय मेलमिलाप सँजाल गठनमा प्रमुख अतिथी रहेकि टीकापुर नगरपालिकाकि नगर उपप्रमुख तथा न्यायिक समिति संयोजक केशरी बिष्टले मेलमिलाप कर्ताहरुलाई बिवादहरु समाधान गर्न दुबै पक्षलाई सहमतिमा ल्याउन केही समस्या आय सुरुक्षाकर्मि र माथिल्लो निकायको सहयोग तथा सल्लाह लिन आग्रह गरिन ।

टीकापुर नगरपालिकाका कानुनी अधिकृत केशर थापाले न्यायिक समिति र मेलमिलाप केन्द्र बिचको समन्वय तिब्र बनाउनुका साथै १ मेलमिलाप केन्द्रका गतिविधि अर्को मेलमिलाप केन्द्रलाई जानकारी आदान प्रदान गर्न नगर स्तरिय मेलमिलाप सँजाल गठन भएको बताए ।

सँजाल गठन कार्यक्रममा प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालमा नेत्र खनाल, द यसिया फाउन्डेसन टीकापुरका सँयोजक यज्ञमान सेठ्ठी लगायतले धारणा राखेका थिए ।

ताजा खबर

माघीको चहलपहलसँगै माघीमय भए थारू बस्ती

धर्मापुर कटान ग्रामीण सहकारीको १५ औं साधारणसभा सम्पन्न

एसएसपी बढुवाको तयारी, यी ३८ जना प्रतिस्पर्धी

amazed