शेयेर गर्नुहोस
टीकापुर । सुदूरपश्चिममा (आज) आइतबारदेखि पहिलो चरणको खोप अन्तरगत दोश्रो लक्षित समुहलाइ कोरोना खोप लगाइने भएको छ ।
प्रदेशका ९ वटै जिल्लामा निर्धारण गरिएका खोप केन्द्र मार्फत पहिलो चरणको अभियान अन्तरगत नै दोस्रो चरणको खोप लगाइने भएको हो ।
संघीय सरकारले निर्धारण गरे बमोजिम सबै सरकारी कार्यालयका कर्मचारी, सार्वजनिक संस्थान तथा बैँकका कर्मचारी, पत्रकारहरु, यसअघि छुटेका स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंम सेवक, एम्बुलेन्स तथा शवबाहान चालक, शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मीलाई खोप लगाइने सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताए ।
उनकाअनुसार सम्बन्धीत जिल्ला स्वास्थ्य कार्यालयले निर्धारण गरेका खोप केन्द्रमा गएर लक्षित समूहमा परेकाहरुले परिचय पत्र देखाएर खोप लगाउन पाउनेछन् ।