नमुना स्वास्थ्य वडा बनाउँन धनसिँहपुरमा सरोकारवालाहरु बिच अभिमुखिकरण

शेयेर गर्नुहोस

सुदिप बिक /
टीकापुर । कैलालीको टीकापुर नगरपालिका वडा न ८ लाई नमुना स्वास्थ्य वडा बनाउँन सरोकारलवालाहरु सँग शुक्रबार वडा स्तरिय अभिमुखिकरण कार्यक्रम गरिएको छ ।

धनसिँहपुर स्वास्थ्य चौकि व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष दिर्घ बहादुर ठकुल्लाले ८ न वडालाई नमुना स्वास्थ्य वडा बनाउन, नगरपालिकाले ५ लाख बजेट बिनिमयोजन गरेको बताए ।

उनले नुमना स्वास्थ्य वडा बनाउन वडामा दलित तथा बिपन्न परिवार लाई निशुल्क सौचालय,आवास सहित वडामा सक्षम बालबालिका,युवा र बृद्व सम्पती नै बालबालिका,स्वच्छ खानेपानीका कार्यक्रमहरु अगाढि बढाईएको बताए ।

टीकापुर नगरपालिका स्वास्थ्य शाखाका कमल बहादुर रावलले धनसिँहपुर सबै भन्दा पूरानो स्वास्थ्य चौकि रहेकोले कर्मचारीको दरबन्दी पनि प्रर्याप्त रहेकाले ८ न वडालाई नमुना स्वास्थ्य वडा बनाउन नगरपालिकाले समेत निर्णय पारित गरीसकेको बताए ।

उनले सुदुरपश्चिममै पहिलो नमुना स्वास्थ्य वडा बनाउन नगरपालिकाले ५ लाख बजेट बिनिमयोजन गरेकाले नमुना स्वास्थ्य वडा बनाउन सम्पुर्ण सरोकारवालाहरुको सकारात्मक सहयोग रहेको बताए ।

सु(आहारा कार्यक्रमका नर बहादुर बिकले धनसिँहपुर स्वास्थ्य चौकिले गरेका स्वास्थ्य सम्बन्धि सफलताका गतिविधिहरु सुदुरपश्चिम प्रदेश सरकारले काठमाडौंमा प्रस्तृत गरेको खुसीको कुरा सेयर गर्दै नमुना स्वास्थ्य वडा बनाउनका लागि खानपान, सरसफाइ सँगै करेसाबारी समेत बनाउन जरुरी बताए ।

धनसिँहपुर स्वास्थ्य चौकीका ईन्चार्ज केवल सिँह भुलले नुमना स्वास्थ्य वडा बनाउन आवश्यक सुचकहरुका बारेमा प्रस्तृतिकरण गर्दै नमुना स्वास्थ्य वडा बनाउने लक्ष्यका साथ अघि बढिरहेको बताउदै नमुना स्वास्थ्य वडा बनाउँन सम्पुर्ण सरोकारवालाहरुको महत्त्वपूर्ण साथ सहयोगको आवश्यकता रहेको बताए ।

यम बहादुर शाहले सँचालन गरेको वडा स्तरिय अभिमुखिकरण कार्यक्रममा वडा न ८ को सामुदायिक तथा निजि बिद्यालयका प्रध्यानाध्यापक,टोल बिकास समितिका सँयोजक,राजनितीक दलका प्रतिनिधी गरि अन्य सरोकारवालाहरुको सहभागीता रहेको थियो ।

भने सहभागी सरोकारवालाहरुले नमुना स्वास्थ्य वडा बनाउन समेत हस्ताक्षर गरेर प्रतिबद्वता जनाएका छन ।

ताजा खबर

कञ्चनपुरमा मलामी गएका सशस्त्र प्रहरीकाे दुर्घटनामा मृत्यु

अछाममा बलात्कारको आरोप लागेका चन्द पक्राउ

प्रवासी नेपाली संघ राजकोट नगर समिति अध्यक्षमा अर्जुन बिक चयन

कैलालीमा जन्डिसको सुइ लगाएको दुई मिनेटमै युवकको मृत्यु

amazed