फरुवा हानेर श्रीमतीले गरिन् श्रीमानको हत्या

शेयेर गर्नुहोस

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं. ६ भुरकोट बस्ने वसन्ती चौधरीले फरुवा हानेर आफ्नै श्रीमान ओमकुमार चौधरीको हत्या गरेकी छन ।

घरायसी विवाद क्रममा आज बिहान वसन्तीले श्रीमान माथि फरुवा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

विहान ५ बजे घटनाबारे जानकारी पाए लगत्तै प्रहरीको टोली घटनास्थलमा पुगेको र फरुवा प्रहार गर्ने वसन्तीलाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले बताए ।

ओमकुमारको शव टाउकोमा चोट लागेको अवस्थामा घरभित्रै फेला परेको उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

कञ्चनपुरमा मतदानस्थलको स्थलगत निरीक्षण

एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

किसान सहकारीले शुरु गर्यो “पढ्दै कमाउँदै” कार्यक्रम

लागुऔषध तथा अवैध मदिरा नियन्त्रणमा कैलाली प्रहरीको सक्रियता

amazed