बुहारी र नातीको कुटपिटवाट बृद्धको मृत्यु

शेयेर गर्नुहोस

कञ्चनपुर । कञ्चनपुरमा कुटपिट गर्दा एक बृद्धको मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका – २ पशुपती टोल बस्ने ७६ वर्षीय प्रेम थापाको मृत्यु भएको हो ।

घरायसी विवादका क्रममा ३५ वर्षीया सिता थापा र उनका छोरा १८ वर्षीय अर्जुन थापाले कुटपिट गर्दा बृद्धको मृत्यु भएको हो । उनीहरु दुवै जना मृतक बृद्धका बुहारी र नाती रहेको प्रहरीले जनाएको छ ।

माघ २८ गते घरायसी विवादका क्रममा थापामाथि चिर्पटले कुटपिट गरेपछि गम्भीर बनाएको र उपचारका क्रममा महाकाली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर थापा क्षेत्रीले बताए ।

अहिले बुहारी र नातीलाई नियन्त्रणमा लिएर थप अनुसन्धानको काम भइरहेको उनले बताए ।

ताजा खबर

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

amazed