सुदूरपश्चिममा कञ्चनपुर बाहेक सबै जिल्लामा प्रचण्ड–माधव समूहका रिक्त पदाधिकारी पूर्ति

शेयेर गर्नुहोस

अत्तरिया । नेकपाको प्रचण्ड–माधव समूहले सुदूरपश्चिममा कञ्चनपुर बाहेक सबै जिल्लाका रिक्त पदाधिकारी पूर्ति गरेको छ । संसद् विघटनपछि नेकपा दुई समूहमा विभाजित भएपछि रिक्त अध्यक्ष र सचिव पूर्ति गरिएका हुन् ।

सुदूरपश्चिम प्रदेशका ८ जिल्लामा नेकपा ओली समूहमा गएका अध्यक्ष र सचिव स्थानमा नयाँलाई चयन गरिएको छ । कञ्चनपुरमा अध्यक्ष रिक्त छ । नेकपा कञ्चनपुरका अध्यक्ष वीरबहादुर थापा नेकपा ओली समूह गएपछि अध्यक्ष रिक्त हुन गएको हो ।

पूर्व माओवादी केन्द्रबाट अध्यक्ष बनेका थापा अहिले ओली समूहको अध्यक्ष छन् । पूर्वमाओवादी केन्द्रबाट सुदूरपश्चिम प्रदेश कमिटीमा सिफारिस गरिएका नाममा सहमति हुन नसकेपछि अध्यक्ष चयन पेचिलो हुन पुगेको छ । आकांक्षी बीच सहमति हुन नसकेपछि केही दिनपछि छलफल गरी अध्यक्ष चयन गरिने नेकपाका नेताहरुले बताए ।

नेकपा स्रोतका अनुसार अध्यक्षका लागि देवीलाल चौधरी, टिकेन्द्र प्रसाद भट्ट, कमल क्षत्री र देवेन्द्र ढुंगाना आकांक्षी छन् । उनीहरुमध्ये चौधरी नेकपा केन्द्रीय सदस्य र कञ्चनपुर सहइन्चार्ज हुन् । उनलाई प्रचण्ड नेपाल समूहकी केन्द्रीय सदस्य पूर्वमन्त्री बिना मगरले अघि सारेकी हुन्।
(साभारः गोदावरी न्यूज)

ताजा खबर

कञ्चनपुरमा रुख काटेर तस्करी गरेको आरोपमा एक वडाध्यक्ष पक्राउ

निर्वाचनको लागी मिति तोकियो

कैलालीको टीकापुर घटनाका सबै कैदीबन्दी रिहा

कैलालीको लम्कीमा साइकलबाट लडेर पुरुषको मृत्यु

आज देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द

amazed