मलवाराकर्मी पत्रकार उपाध्याय टिभीइटी मिडिया अवार्डद्वारा सम्मानित

शेयेर गर्नुहोस

टीकापुर । टीकापुरबाट बिगत १५ बर्षदेखि निरन्तररुपमा प्रकाशित हुँदै आएको मलवारा दैनिकको समाचार नेपालमै तेस्रो नम्बरमा छनोट भएको छ ।
२०७७ साल मंसिर ७ गतेको मलवारा दैनिकमा प्रकाशित ‘प्राविधिक शिक्षामा युवाको आकर्षण’ शिर्षकमा प्रकाशित समाचारदाता यज्ञराज उपाध्यायले लेखेको समाचार उत्कृष्ट तेश्रो नम्बरमा छनोट भएको हो । देशभरका करिब ६० भन्दा बढी मिडियाकर्मीले प्रकाशित गरेका समाचार सामाग्रीमध्ये उक्त समाचार उत्कृष्ट तेश्रोमा परेपछि बुधबार पत्रकार उपाध्यायलाई टिभीइटी मिडिया अवार्डले सम्मान गरिएको हो ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभीटी) ले दिने यस अवार्डबाट पत्रकार उपाध्याय तेश्रो भएका हुन । वहाँको यो समाचार प्राविधिक शिक्षा सम्बन्धी देशभरका प्राविधिक शिक्षासम्बन्धी लेखिएको समाचारहरुमा तेश्रो नम्बरमा परेको होे ।

सिटिइभीटीले नेपालमा प्राविधिक शिक्षाको महत्व, आवश्यकता, प्राविधिक शिक्षा पढेर काम गरिरहेकाहरुको सफलता, सिटिइभीटीबाट सञ्चालित हुने तालिमहरुबाट व्यावसायिक, आयमुलक काम गरिरहेकाहरुको सफलताको आधारमा समाचार लेख्नेहरुमध्ये तीनजना उत्कृष्ट पत्रकारलाई सम्मान गर्ने योजना अनुसार उपाध्यायलाई यस अवार्डले सम्मानित गरिएको हो ।

सिटिइभीटीको ३३ औं वार्षिकोत्सवको अवसरमा बुधबार भक्तपुर स्थित आफ्नै कार्यालयमा अवार्ड बिजेताहरुलाई चेक, प्रमाणपत्रसहित नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठले सम्मान गर्नुभएको हो ।

ताजा खबर

नाइजेरियामा सङ्कटकाल घोषणा

‘सुपर जोन र जोन कार्यक्रम’ले बढायो उत्पादन

कैलालीबाट खैरो हेरोइनसहित ४ जना पक्राउ

amazed