तीन वर्षपछि विप्लव सार्वजनिक, विशेष समारोहलाई सम्बोधन गर्दै

शेयेर गर्नुहोस

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ तीन वर्षपछि पहिलोपटक सार्वजनिक भएका छन् । सरकारसँग विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्ध हटाउनेलगायतका तीन बुँदे सहमति भएपछि उनी सार्वजनिक कार्यक्रममा पहिलोपटक देखिएका हुन् ।

यसअघि उनी आजै बिहान अनौपचारिक रुपमा नवलपरासीबाट सार्वजनिक भएका थिए । सरकार र विप्लव समूहबीच बिहीबार भएको सहमतिको विस्तृत विवरण सार्वजनिक गर्न आज काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित हस्ताक्षर समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित विप्लव सार्वजनिक भएका छन् ।

बुधबार र बिहीबार ६ चरणमा भएको वार्तापछि भूमिगत नेकपा महासचिव विप्लव सार्वजनिक भएका हुन् । उनीसँगै जेल र हिरासतबाट छुटेका नेता कार्यकर्ता पनि राष्ट्रियसभा गृहमा सार्वजनिक भएका छन् ।

विशेष समारोहलाई प्रधानमन्त्री ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

ताजा खबर

कञ्चनपुरमा रुख काटेर तस्करी गरेको आरोपमा एक वडाध्यक्ष पक्राउ

निर्वाचनको लागी मिति तोकियो

कैलालीको टीकापुर घटनाका सबै कैदीबन्दी रिहा

कैलालीको लम्कीमा साइकलबाट लडेर पुरुषको मृत्यु

आज देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द

amazed