नेपाल शान्तिपूर्ण युगमा प्रवेश गर्‍यो, प्रधानमन्त्रीले दिए विप्लवलाई बधाई

शेयेर गर्नुहोस

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियामा आएर नेकपाका महासचिव विप्लवले साहसिक कदम चालेको भन्दै प्रशंसा गरेका छन् । शुक्रबार नेपाल सरकार र विप्लव समूहबीच भएको सहमतिको हस्ताक्षर समारोहलाई सम्बोधन ओलीले जनताले शान्ति खोजेको भन्दै जनताको सो आकाँक्षा पुरा भएको पनि बताए ।

‘नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवजी, म उहाँलाई बधाई भन्न चाहन्छु, स्वागत भन्न चाहन्छु र शुभकामना भन्न चाहन्छु । उहाँले जुन साहसिक कदम चाल्नु भएको छ, राज्यको तर्फबाट र पार्टीको तर्फबाट हार्दिक धन्यवाद भन्न चाहन्छु ।’

नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको भन्दै विप्लवले चालेको शान्तिपूर्ण राजनीतिको यो कदम साहसिक भएको ओलीले बताए । उनले यो विप्लवको आन्दोलन फोर्स ल्यान्डिङ नभएर सेफ ल्याण्डिङ भएको पनि बताए । ‘नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको छ। अब नेपालमा हिंसात्मक द्वन्द्व छैन । हिंसात्मक आन्दोलनको कार्यदिशा कसैले पनि अबलम्बन गरेको छैन । नेपालमा शान्ति छ। हिंसात्मक आन्दोलनको कार्यदिशा कसैले पनि अबलम्बन गरेको छैन । नेपालमा शान्ति छ ।’ उनले आफूहरुले विप्लव समूहसँग नगरा बजाएर वार्ता नगरेको भन्दै निकै लामो छलफलपछि यो अवस्थामा आइपुगेको बताए । (यो समाचार रातोपाटीबाट लिइएको हो ।)

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed