निशुल्क गाउँघरमा चिकित्सक कार्यक्रम धनसिँहपुर स्वास्थ्य चौकीमा सम्पन्न

शेयेर गर्नुहोस

४ सय ४३ ले सेवा लिए
सुदिप बिक /

टीकापुर । टीकापुर नगरपालिका वडा न ८ स्थित धनसिँहपुर स्वास्थ्य चौकीमा शुक्रबार निशुल्क गाउँघरमा चिकित्सक कार्यक्रम सम्पन्न भएको छ ।

सुदुरपश्चिम प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयको गाउँघरमा चिकित्सक कार्यक्रम अन्तर्गत कैलालीमै पहिलो पटक टीकापुर अस्पतालको आयोजनमा भएको दुई दिने निशुल्क गाउँघरमा चिकित्सक कार्यक्रम बाट ४ सय ४३ जनाले सेवा लिएका छन ।

बिहिवार देखि सुरु भएको दुई दिने निशुल्क गाउँघरमा चिकित्सक कार्यक्रममा भिडियो एक्सरे ७४ जना, ईसिजी २४ जना, प्रयोगशाला १ सय २३ जना र अन्य गरि ४ सय ४३ जनाले स्वास्थ्य सेवा लिएका छन ।

टीकापुर अस्पतालको आयोजनामा भएको दुई दिने गाउँघरमा चिकित्सक कार्यक्रमको समापन गर्दै धनसिँहपुर स्वास्थ्य चौकिका ईन्चार्ज केवल सिँह भुलले चिकित्सक सेवाका सवालमा टीकापुर अस्पतालकै टिम धनसिँहपुर स्वास्थ्य चौकि आएर निशुल्क अस्पतालको जस्तो सेवा प्रदान गरि सर्हानिय काम गरेको बताए ।

टीकापुर अस्पतालले धनसिँहपुर स्वास्थ्य चौकीमा आगामि दिनमा पनि निशुल्क स्वास्थ्य शिविर संचालन गरेर स्वास्थ्य चेकजाँचका सहित सल्लाह सुझावका कुराहरुलाई निरन्तरता दिन भुलले आग्रह गरे ।

अस्पतालको जस्तै रोगको पहिचान सहितको उपचार गर्ने स्कृनिङ, भिडियो एक्सरे,ईसिजी र प्रयोगशाला सहितको गुणस्तरीय निशुल्क सेवा स्वास्थ्य चौकिमै पाउँदा आफुहरु सन्तृष्ट रहेको सेवाग्राहिहरुले बताए ।

दुई दिने निशुल्क गाउँघरमा चिकित्सक कार्यक्रमको समापनमा टीकापुर अस्पतालका डाक्टर सँदिप कुमार यादब,टेकराज भट्ट,पत्रकार सुदिप बिक समेतले धारणा राखेका थिए भने समापन कार्यक्रमको सँचालन धनसिँहपुर स्वास्थ्य चौकिका अहेब यम शाहले गरेका थिए

टीकापुर अस्पतालका मेडिकल अधिकृत डा. सन्दिप यादब सहितको टोलीले दुई दिने निशुल्क गाउँघरमा चिकित्सक कार्यक्रममा सेवा दिएका थिए ।

ताजा खबर

कैलालीमा जन्डिसको सुइ लगाएको दुई मिनेटमै युवकको मृत्यु

amazed