ढुंगाना परिवारद्वारा मेरी आमालाई सहयोग

शेयेर गर्नुहोस

टीकापुर । टीकापुर नगरपालिका वडा नं. १ ब्लक नं. १० का दिपकराज ढुंगाना परिवारले मेरी आमा संस्थालाइ १ हजार १ सय ५ रुपैयाँ नगद सहित बिभिन्न सामानहरु सहयोग गरेका छन ।
आफ्नी आमा स्वर्गिय रत्नादेवी ढुंगानाको तेस्रो वार्षिक पुण्यतिथी को अवशरमा मेरी आमा संस्थालाई सहयोग गरेको दिपकले बताएका छन ।


दिपक परिवारले उक्त संस्था लाई १ बोरा चामल, नुहाउने साबुन ४ थान, कोलगेट ३, बेड बिस्तारा १ सेट, थाल २, कचौरा ३, गिलास २, लोटा १ थान, १ दर्जन कपी, १ दर्जन पेन्सील लगायत सहयोग गरेका छन ।


सो कार्यक्रममा दिपकका वुवा गजराज ढुंगाना, भाई हेमराज ढुंगाना, बिष्णु ढुंगाना, नवराज ढुंगाना, कृष्ण ढुंगाना, दिपेन्द्र भण्डारी लगायतको उपस्थिती रहेको थियो ।
सहयोग कार्यक्रममा मेरी आमा संस्थाकी अध्यक्ष दिब्या प्रयासीले ढुंगाना परिवारबाट पाएको सहयोगको कदर गर्दै धन्यवाद ज्ञापन गरिन ।

ताजा खबर

कञ्चनपुरमा मलामी गएका सशस्त्र प्रहरीकाे दुर्घटनामा मृत्यु

अछाममा बलात्कारको आरोप लागेका चन्द पक्राउ

प्रवासी नेपाली संघ राजकोट नगर समिति अध्यक्षमा अर्जुन बिक चयन

कैलालीमा जन्डिसको सुइ लगाएको दुई मिनेटमै युवकको मृत्यु

amazed