भजनीमा ट्राफिक जनचेतना मुलक कार्यक्रम सम्पन्न

शेयेर गर्नुहोस

गणेश क्षेत्री
टीकापुर । कैलालीको भजनी नगरपालिका वडा नं. १ मा ट्राफिक प्रहरी आइलेन उद्घाटन तथा ट्राफिक जनचेतना मुलक कार्यक्रम आज सम्पन्न भएको छ।


सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी प्रमुख बामदेब गौतमको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी भजनि नगरपालिकाका उपप्रमुख छायाँ देबकोटा रहनुभएको थियो ।


भजनी नगरपालिकाका उपमेयर छायाँ देबकोटा र सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी प्रमुख ट्राफिक प्रहरी उपरिक्षक बामदेब गौतमले आइलेनकोसंयुक्त उद्घाटन गर्नुभएको थियो ।
प्रमुख अतिथी उपमेयर छायाँ देबकोटाले भजनी ट्राफिक प्रहरीले दुर्घटना न्युनिकरण गर्न निकै सर्हानिय भुमिका खेलेको बताउनुभयो ।


देबकोटाले ट्राफिक प्रहरीको आगमन सङ्गै हो हल्ला मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने र दुर्घटनाको सङ्ख्या निकै कम भएको भन्नुभयो ।
सुदूरपश्चिम ट्राफिक प्रहरी प्रमुख बामदेब गौतमले दुर्घटना न्यूनीकरण गर्नु आफुहरुको पहिलो दायित्व भएको बताउनुभयो । भजनिमा ट्राफिक प्रहरिले दुर्घटना न्यूनीकरण गर्न सफल भएको बताउनुभयो ।


अधिकाङ्स दुर्घटना र अपराधिक क्रियाकलापमा सवारिसाधन को दुरुपयोग हुनेहुनाले सबै नागरिकले प्रहरिलाइ सहयोग गर्नुपर्ने बताउनुभयो ।
अस्थाई ट्राफिक प्रहरी पोस्ट का इन्चार्ज किशोर बहादुर सिँहले चोकमा स्थापना भएको आइलेन र जेब्रा क्रसिङले दुर्घटना न्यूनीकरण गर्न सहयोग पुग्ने बताउनुभयो ।
समाजसेवी पुश्पराज उपाध्यायले ट्राफिक प्रहरिले जेब्रा क्रसिङ र आइलेनको स्थापना गरेर सवारी सुरक्षामा मजबुती थपेको बताउनुभयो ।


आइलेन र जेब्रा क्रसिङ बनाउनको लागि हिमान्चल प्लान्ट राइसमिल , कृष्ण वर्कशप र जालपा ट्रेड कन्सर्नले ३ लाख बराबरको सामाग्री सहयोग गरेका थिए ।
कार्यक्रमको सन्चालन प्रहरी नायब निरीक्षक जनक जङ्ग रावल र कार्यक्रमको स्वागत प्रहरी निरीक्षक नर बहादुर साउँदले गर्नुभएको थियो

ताजा खबर

कैलालीको लम्की बाट ९ जना जुवाडे पक्राउ

कैलालीको टीकापुरमा लागूऔषधसहित दुई जना पक्राउ

कैलालीबाट ३ जना फरार प्रतिवादी पक्राउ

amazed