कञ्चनपुरमा नक्कली नोट र नोट छाप्न प्रयोग गरिने मेसिन सहित एक जना पक्राउ

शेयेर गर्नुहोस

कञ्चनपुर । कञ्चनपुरमा नक्कली नोट र नोट छाप्न प्रयोग गरिने मेसिन सहित एक जनालाई पक्राउ गरिएको छ ।

जिल्लाको कृष्णपुर नगरपालिका–९ पिपरिया बस्ने २५ वर्षीय सञ्जय रानालाई नक्कली नोट, छाप्न प्रयोग हुने मेसिन लगायतका अन्य सामाग्री सहित प्रहरीले पक्राउ गरिएको हो ।

विशेष सूचनाका आधारमा गएराति करिब १० बजेको समयमा पक्राउ गरिएका रानाको साथबाट १ हजारका २ वटा र १ सयका २ वटा गरेर ४ वटा नक्कली नोट बरामद गरिएको कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले बताए ।

यस बिषयमा थप अनुसन्धान भइरहेको उनले बताएका छन् ।
(यो समाचार गोदावरी न्यूजबाट लिइएको हो ।)

ताजा खबर

माघीको चहलपहलसँगै माघीमय भए थारू बस्ती

क्वारेनटाइन नहुँदा तरकारी ल्याउन विवाहको कार्ड देखाउनुपर्ने

धर्मापुर कटान ग्रामीण सहकारीको १५ औं साधारणसभा सम्पन्न

एसएसपी बढुवाको तयारी, यी ३८ जना प्रतिस्पर्धी

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *