कञ्चनपुरमा नक्कली नोट र नोट छाप्न प्रयोग गरिने मेसिन सहित एक जना पक्राउ

शेयेर गर्नुहोस

कञ्चनपुर । कञ्चनपुरमा नक्कली नोट र नोट छाप्न प्रयोग गरिने मेसिन सहित एक जनालाई पक्राउ गरिएको छ ।

जिल्लाको कृष्णपुर नगरपालिका–९ पिपरिया बस्ने २५ वर्षीय सञ्जय रानालाई नक्कली नोट, छाप्न प्रयोग हुने मेसिन लगायतका अन्य सामाग्री सहित प्रहरीले पक्राउ गरिएको हो ।

विशेष सूचनाका आधारमा गएराति करिब १० बजेको समयमा पक्राउ गरिएका रानाको साथबाट १ हजारका २ वटा र १ सयका २ वटा गरेर ४ वटा नक्कली नोट बरामद गरिएको कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले बताए ।

यस बिषयमा थप अनुसन्धान भइरहेको उनले बताएका छन् ।
(यो समाचार गोदावरी न्यूजबाट लिइएको हो ।)

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *