टीकापुर प्रहरीले गर्यो अबैध सामान बरामद

शेयेर गर्नुहोस

सुदिप बिक ।
टीकापुर । ईलाका प्रहरी कार्यालय टीकापुरले शुक्रबार ५५ हजार बराबरको अबैध सामान नियन्त्रण लिएको छ ।

ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी सहायक निरिक्षक टंक बहादुर बिकको कमाण्डमा खटिएको ५ जनाको टोलीले सो सामान नियन्त्रणमा लिएको हो ।

शुक्रबार बिहान करिब ८ बजेको समयमा कैलालीको टीकापुर नगरपालिका वडा न. ७ डिब्बीपुर बाट अबैध रुपमा भन्सार छली ल्याई लुकाई छिपाई राखिएको अवस्थामा २१ हजार बराबरको पवन सुर्ति ३ सय पोका, २८ हजार ८ सय बराबरको ४० केजी प्लाष्टिक झिल्ली, ४ हजार ८ सय बराबरको डवल स्क्रिन टफि ८० पोका र ६ सय बराबरको पतान्जलि टफि १५ पिस गरि जम्मा अनुमानित ५५ हजार बराबरको अबैध सामान नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बमले मलवारालाई जानकारी दिए ।

बमले उक्त ५५ हजार बराबरको अबैध सामान आवश्यक कारवाहीको लागी सत्ति भन्सार कार्यालय खक्रौला पठाएको समेत जानकारी दिए ।

लकडाउनले गर्दा सत्ती भन्सार नाका नखोलेको भए पनि सुरक्षाकर्मीहरुलाई छलेर अन्य ठाउँ बाट अबैध रुपमा रातारात सामानहरु नेपाल आउने गरेको स्थानियहरुले गुनासो गरेपछि टीकापुर प्रहरीले सिमाना तर्फ निगरानी बढाएको छ ।
नेपाल भारत सीमानामा नेपाल प्रहरी र शसस्त्र प्रहरीको बाक्लो उपस्थिती छ । तर सीमानाबाट सामान भित्रिनुले सीमानामा परिचालन प्रहरीको सीमा तस्करसंग मित्रताको गाढा सम्बन्ध रहेको स्थानिय बासिन्दाको दावी छ ।

ताजा खबर

कञ्चनपुरमा मलामी गएका सशस्त्र प्रहरीकाे दुर्घटनामा मृत्यु

अछाममा बलात्कारको आरोप लागेका चन्द पक्राउ

प्रवासी नेपाली संघ राजकोट नगर समिति अध्यक्षमा अर्जुन बिक चयन

कैलालीमा जन्डिसको सुइ लगाएको दुई मिनेटमै युवकको मृत्यु

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *