शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

शेयेर गर्नुहोस

छबिलाल जैसी
टीकापुर । पतञ्जली योग नगर समिति टीकापुरको आयोजनामा नयाँ वर्ष २०७८ को शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिएको छ ।


पतञ्जली योग नगर समिति टीकापुरका अध्यक्ष वाशुदेव बजजगाईको सभापतित्वमा पतञ्जली योग साधना केन्द्र समितिपुर टीकापुरमा आयोजना गरिएको कार्यक्रममा पतञ्जली योग समिति कैलालीका महिला जिल्ला अध्यक्ष शोभा शर्मा ज्ञवाली प्रमुख अतिथि रहनुभएको थियो ।


नगर समिति साँस्कृतिक संयोजक जगत कुमारी जैशीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन योग प्रशिक्षक छविलाल जैशीले गर्नुभएका थियो ।


कार्यक्रममा टीकापुर नगरपालिका वडा नं. १ वडा सदस्य इन्द्रलाल शर्मा, पतञ्जली योग समिति कैलाली जिल्ला सदस्य सर्वानन्द चपाइँ, खड्ग स्मृति प्रतिष्ठान टीकापुरमा अध्यक्ष लालबहादुर सावद, जनकल्याण बचत तथा ऋण सहकारीका संचालक समिति सदस्य धनञ्जय ढुंगाना, पतञ्जली योग साधना केन्द्र समितिपुरका संयोजक कल्पना जैशी, योग साधिका राधिका शाह लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

ताजा खबर

amazed