शेयेर गर्नुहोस
गणेश क्षेत्री ।
नारायणपुर । टीकापुर नगरपालिका वडा न ७ सत्तिमा अस्थाई ट्राफिक प्रहरी पोष्ट स्थापना भएको छ ।
ट्राफिक प्रहरी पोष्ट स्थापना भएपछि टीकापुर वडा न ६ , ७, ८, ९ र हुलाकी राजमार्ग र भन्सार बाट आवतजावत गर्ने सवारीसाधन चेकजाँच गर्न सहज हुने सत्ती प्रहरी चौकिका इन्चार्ज प्रहरी नायब निरीक्षक लोकेन्द्रबहादुर चन्दले बताए ।
अधिकांश सवारी दुर्घटना मादक पदार्थ सेवन , तिब्र गति , साँघुरो सडक, ओभर लोड हुनाले सबैले साबधानी अपनाउनुपर्ने चन्दले बताए ।
स्थानीय समाजसेवी अल्पेस राउतले भने–ट्राफिक प्रहरीको स्थापना हुनु भनेको दुर्घटना न्यूनीकरण हुनुहो । उनले भने–अब हामी सबैले ट्राफिक प्रहरीलाई सहयोग गरेर जिउधनको क्षति , अङ्गभङ्ग रोक्न सक्रिय हुनुपर्छ ।
अस्थायी प्रहरी पोष्टका इन्चार्ज ट्राफिक प्रहरी हल्दार योगेन्द्र बहादुर मल्लले हामिहरु राजस्व असुल्ने भन्दा पनि दुर्घटना न्यूनीकरण कसरी गर्न सक्छौ भनेर लाग्ने र त्थसको लागि जनचेतनामूलक कार्यक्रमहरु तत्कालै सुरुगर्ने बताए ।
इन्चार्ज मल्लले हामी दुर्घटना न्यूनीकरण गर्न कम्मर कसेर लाग्दैछौ अब स्थानीयको सहयोग जरुरी रहेको समेत बताए ।
कैलाली जिल्लाको धनगढी पछिको सबैभन्दा चर्चित र पुरानो सत्ती भन्सार , सत्ती प्रहरी चौकी र हुलाकी राजमार्गको बिस्तार सङ्गै ट्राफिक प्रहरी पोष्टको स्थापना निकै उपलब्धिमुलक हुने स्थानीय मीन बहादुर ठकुल्ला बताउछन ।