बाँकेमा जेठ २४ गतेसम्म निषेधाज्ञा लम्ब्याइयो

शेयेर गर्नुहोस

काठमाडौं । बाँकेमा जारी निषेधाज्ञा आगामी जेठ २४ गतेसम्मका लागि लम्ब्याइएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ र ५ बमोजिम जेठ २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।

यसअघि प्रशासनले जेठ १७ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरेको थियो ।

कोभिड–१९ संक्रमणको चेन ब्रेक गर्न र रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको उनले बताए । (साभारः अनलाइनखबर)

ताजा खबर

कैलाली र बाँकेमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

दार्चुलामा अरिङ्गालको टोकाइबाट वृद्धको मृत्यु

कोप–२८ सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल आज यूएई जाने

कैलालीबाट १६ वर्षीय बालक बेपत्ता

नेपाल भारत मैत्री सांस्कृतिक संगमको लोगो सार्वजनिक

amazed