banner

आरपिएन गुरुपको समन्वयमा टीकापुर, जानकी र जोशिपुरमा स्वास्थ्य सामाग्री वितरण

शेयेर गर्नुहोस

सुदिप बिक ।
टीकापुर । कैलालीको टीकापुर स्थित युवा समूह आरपिएन गु्रप नेपालको समन्वयमा शनिबार र आईतवार करिब ५० हजार बराबरको स्वास्थ्य सामाग्री टीकापुर,जानकी र जोशिपुरमा वितरण गरिएको छ ।

कोरोना माहामारीको परिस्थितिमा दिनरात नभनि बिरामीको अवस्था सुधार गर्न लागिरहेका टीकापुर अस्पताल, जोशिपुर स्वास्थ्य चौकी,जानकी गाउँपालिकाको स्वास्थ्य चौकि, नारायणपुर स्वास्थ्य चौकि, पथरैया स्वास्थ्य चौकि गरी ५ वटा स्वास्थ्य सँस्थालाई ५० हजार बराबरको स्वास्थ्य सामग्री वितरण गरिएको हो ।

मानवीय सेवा गर्नु सबै मानवको धर्म हो भन्दै टीकापुर नगरपालिका वडा न १ निवासी दीपक कुमार दास उनका भाई प्रदीप दास गरी दुई भाईले स्वास्थ्य सामाग्री अन्तर्गत सेनिटाईजर, सर्जिकल माक्स, सर्जिकल ग्लोब्स, डिटोल साबुन र सिटामोल ट्याबलेट वितरणका लागी संयुक्त रुपमा ५० पचास हजार नगद आर्थिक सहयोग गरेको आरपिएन गु्रपका अभियान्ता जुगराम डगौराले बताए ।

आरपिएन गुरुप टीकापुरका अभियान्ता डगौराले अर्का अभियान्ता डम्बर जैशी र आफ्नो समन्वयमा समुदायमा आईपर्ने बिपत्तिहरुको सबै मिलेर सामना गर्नु पर्छ भन्ने सन्देश दिनका लागी गु्रपको स्थापना गरेको बताउदै समाजिक कार्यमा युवाहरु सधै एकजुट हुनु पर्ने बताए ।

ताजा खबर
amazed