ग्लोबल आइएमइ बैंक टीकापुरद्वारा विद्यार्थीलाई छात्रवृत्ति प्रदान

शेयेर गर्नुहोस


टीकापुर । टीकापुर स्थित ग्लोबल आइएमइ बैंकले छात्रवृत्ति बितरण गरेको छ ।


बिरेन्द्र बिद्या मन्दिर माध्यमिक विद्यालय टिकापुरमा अध्ययनरत दुई जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको हो ।


आइएमइ बैंक टीकापुर शाखाका प्रबन्धक प्रकाश भट्टले दिनुभएको जानकारी अनुसार आर्थिक अवस्था कमजोर भएका कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुलाई बैंकको सामाजिक उत्तरदायी कार्यक्रम अन्तर्गत ५ हजार रुपैयाँका दरले बिद्यार्थीका अभिभावकलाई हस्तान्तरण गरिएको हो ।


उनिहरुको पढाइ निरन्तर रहेमा छात्रवृत्ति कक्षा १२ सम्म यो कार्यक्रम निरन्तर रहने समेत प्रबन्धक भट्टले बताउनु भएको छ ।


सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर आइएमइ बैंकले विद्यार्थीलाई आर्थिक सहयोग गरेकोमा विरेन्द्र विद्या मन्दिर टीकापुरका प्राचार्य यज्ञराज ज्ञवालीले बैंकलाई धन्यवाद दिनुभएको छ ।

ताजा खबर

कञ्चनपुरमा मलामी गएका सशस्त्र प्रहरीकाे दुर्घटनामा मृत्यु

अछाममा बलात्कारको आरोप लागेका चन्द पक्राउ

प्रवासी नेपाली संघ राजकोट नगर समिति अध्यक्षमा अर्जुन बिक चयन

कैलालीमा जन्डिसको सुइ लगाएको दुई मिनेटमै युवकको मृत्यु

amazed