टीकापुर र जानकीका कृषकहरुको व्यवसाय अवस्था बारे अवलोकन

शेयेर गर्नुहोस


निरन्तर व्यवसायमा लागेका कृषकलाई थप सहयोग गर्न तत्पर छौंः कार्यालय प्रमुख भरत कँडेल
टीकापुर । रानी जमरा कुलरिया सिँचाई आयोजना कृषी कार्यक्रम कार्यान्वयन इकाई कार्यालय टीकापुरले बिभिन्न कृषकहरुको व्यवसाय अवलोकन गरेको छ ।


कृषकहरुलाई दिएको अनुदानको सदुपयोग भएको छ या छैन भन्नेबारे सो इकाई कार्यालय टीकापुरले कृषकहरुको व्यवसाय अवलोकन गरेको हो ।


अनुगमनका क्रममा रानी जमरा कुलरिया सिँचाई आयोजना कृषी कार्यक्रम इकाई कार्यालय टीकापुरका प्रमुख भरत कँडेलले कृषकहरुले कृर्षी पेशालाई दिएको निरन्तरताप्रति प्रशंसा व्यक्त गर्नुभयो ।


अवलोकनका क्रममा कार्यालय प्रमुख कँडेलले कृषी व्यवसाय गर्दै आउनु भएका कृषकहरु प्रति सहानुभूति समेत प्रकट गर्नुभयो ।


कृषकहरुका बिच उहाँले अनुदान तथा आफ्नो लगानिबाट कृषी व्यवसायलाई निरन्तरता दिइरहनु भएका कृषकहरुलाई थप अनुदानका लागि फेरीपनि सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।


अवलोकन समूहले टीकापुर नगरपालिका वडा नं. १ स्थित मोहन्याल गाईभैसी फर्मको अवलोकन गरेको छ । सो अवलोकन समुहले फर्मका संचालक दुर्गा प्रसाद जैसीका ११ भैसी र ३ वटा दुधदिने गाई सहित फार्म अवलोकन गरेको छ । दैनिकरुपमा भैसी र गाईको ७० लिटर दुध बिक्रि गर्दै आएको अवलोकनका क्रममा फर्मका संचालक जैसीले जानकारी दिनुभयो ।


रानी जमरा कुलरिया सिँचाई आयोजना कृषी कार्यक्रम कार्यान्वयन इकाई कार्यालय टीकापुरले दिएको अनुदानबाट यो गाई भैसी पालनमा थप हौसला मिलेको समेत जैसीले बताउनुभयो ।


गाईभैसी पालन आफुले भजनीबाट शुरुवात गरेको थिए जैसीले भन्नुभयो । तर पछि यही पेशालाई रोजगारी तथा आम्दानीकै लागि टीकापुरमा संचालन गरेको हुँ । यो पालनमा आफ्नो घरपरिवार सहितले गाईबस्तु स्याहारमा सहयोग गरेको र हाल बार्षिक ५ देखि ६ लाख रुपैयाँ आम्दानी समेत हुने गरेको जैसीले बताउनुभयो ।


टीकापुर बहुमुखी क्याम्पसको ४ बिघा जग्गा भाडामा लिएको र यसको ठेक्का २०८० सालसम्म रहेको उहाँले बताउनुभयो ।


यसैगरी जानकी गाउँपालिका वडा नं. ६ जगतपुरमा समेत बंगुर फर्म अवलोकन गरिएको छ । रोजगारी गरी कतारबाट फर्किए पछि आफुले बंगुर पालन रोजेको बंगुर फर्मका संचालक प्रह्लाद बटालाले भन्नुभयो ।


बटालाले भन्नुभयो–‘बिगतमा ८० सम्म बंगुर पालेको भएतापनि हाल कोरोना भाइरस महामारीका कारण १६ वटा बंगुरमात्र पालेका छौं ।


अवलोकनका क्रममा जानकी गाउँपालिका वडा नं. –४ कञ्चनपुरमा च्याउ फर्मको समेत अवलोकन गरिएको छ । ६ बर्षअघि ४७ पोका च्याउ बाट निरन्तर च्याउ उत्पादन गर्दै आएका श्रीराम कठरियाले हाल १ हजार पोका दुधे च्याउ उत्पादन गर्नुभएको छ ।


रानी जमरा कुलरिया सिँचाई आयोजना कृषी कार्यक्रम कार्यान्वयन इकाई कार्यालय टीकापुरले गरेको सहयोगले आफुलाई यो पेशामा थप उर्जा मिलेको कठरिया बताउनुहुन्छ । उहाँका अनुसार हाल च्याउ फर्ममा १० जना गाउँका युवाहरुले रोजगारी पाएका छन ।


यसैगरी जानकी गाउँपालिका वडा नं. ४ मुनुवा स्थित बिज बृद्धि कृषक सहकारी संस्था लिमिटेडमा समेत उक्त अवलोकन समुहले अवलोकन गरेको छ ।


सो सहकारी संस्थाका व्यवस्थापक गोबिन्द राज रावतका अनुसार गतबर्षमात्र यो संस्थाले ७ करोडको कारोबार गरेको र ८ लाख रुपैयाँ बचत गर्न सफल भएको थियो ।


रानी जमरा कुलरिया सिँचाई आयोजना कृषी कार्यक्रम कार्यान्वयन इकाई कार्यालय टीकापुरले यो सहकारीलाई बिउबिजन मात्र नभई बिभिन्न साधनस्रोतहरु उपलब्ध गराएको छ ।
यो सहकारी संस्थालाई ट्रक समेत उपलब्ध गराएकोले उत्पादन भएका बिभिन्न खाद्यान्नहरु ढुवानीमा सहज भएको व्यवस्थापक रावतले बताउनुभयो ।


यसैगरी जानकी–७ गोलौरीमा रहेको केराखेती फर्मकोपनि अबलोकन गरिएको छ । यो फर्मका संचालक खेम बिकले अन्य व्यवसायीहरुको जस्तै रानी जमरा कुलरिया सिँचाई आयोजना कृषी कार्यक्रम कार्यान्वयन इकाई कार्यालय टीकापुरले गरेको अनुदान सहयोगले केराखेतीमा थप उर्जा थपिएको भन्नुभयो ।


बिकका अनुसार १४ बिघा जग्गामा केराखेती गर्दै आएको र १ बिघा जग्गामा रहेको केरा १० लाख रुपैयाँसम्ममा बिक्रि गरेका छौं ।
उत्पादन गरेको केरा दाङ, नेपालगञ्ज, महेन्द्रनगरसम्म बिक्रिबितरण गरेकोपनि बिकले जानकारी दिनुभयो ।


उक्त अवलोकन समुहमा जमरा कुलो जल उपभोक्ता समितिका अध्यक्ष लालविर चौधरी, कुलरिया कुलो जल उपभोक्ता समितिका अध्यक्ष रबिलाल चौधरी, रानी जमरा कुलरिया मुल कुलो समितिका सचिब परशु महतौं, सञ्चारकर्मी हरुको सहभागिता रहेको थियो ।

ताजा खबर

टीकापुरबाट लागूऔषधसहित दुई युवक पक्राउ

कर्णालीबाट हाम फालेर बेपत्ता भएका शाहीको तीनपछि शव भेटियो

नागरिक उन्मुक्ति पार्टीभित्र फेरी किचलो

कञ्चनपुरमा ५६ वर्षीय पुरुष एसइईको परिक्षा दिँदै

टीकापुर नगरपालिकाले मनायो विश्व क्षयरोग दिवस

amazed

छुटाउनु भयो कि !

हाम्रो फेसबुक