आज सोमवार हिन्दु महिलाहरुको बिशेष दिन

शेयेर गर्नुहोस

टीकापुर । साउन महिनाको पहिलो सोमबार हिन्दू नारीहरुले आजको दिनलाई विशेष दिनका रुपमा मनाउदै आएका छन् । हिन्दु परम्परा अनुसार साउन महिना शिवको प्रिय महिना हो । हिन्दु महिलाहरुले साउने सोमबारलाई विशेष धार्मिक दिनका रुपमा लिने गर्दछन् ।

साउने सोमबारका दिन निराहार ब्रत बसी शिवजीको पूजा अराधना गर्दा मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ ।

साउने सोमबारमा शिवजीको पूजा उपासना गर्नाले आफू र आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु र घर परिवारमा सुख शान्ति छाउने धार्मिक विश्वास छ । हिन्दु धर्मग्रन्थ अनुसार भगवान शिवलाई सोमबारको स्वामी भनिन्छ ।

त्यसैले यो दिनलाई विशेष दिनका रुपमा लिइन्छ । साउने सोमबारको दिन मनोकामना पूरा हुने विश्वासका साथ भगवान शिवलाई जल र बेलपत्र चढाँउने गरिन्छ । हिन्दू धर्ममा साउनलाई धर्मकर्मको महिना भनिन्छ ।

साउने सोमबारका दिन शिवालयहरुमा भक्तजनको भिड लाग्ने गर्दछ । यद्धपी यस बर्ष पनि कोरोना महामारीका कारण मन्दिरमा भिड भने छैन ।

टीकापुरको शिब मन्दिर, गोदावरी धाम , धनगढीको शिवपुरी धाममा भने महिलाहरु पुजा आरधना गर्नका लागि पुग्न थालेका छन् ।

ताजा खबर

कैलालीको लम्की बाट ९ जना जुवाडे पक्राउ

कैलालीको टीकापुरमा लागूऔषधसहित दुई जना पक्राउ

कैलालीबाट ३ जना फरार प्रतिवादी पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *