तटबन्ध भत्कियो, कर्णाली नदी गाउँ पस्ने खतरा

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको टीकापुर नगरपालिका वडा नम्बर ५ शाहीपुर क्षेत्रमा निर्माण गरिएको तटबन्ध कटान गरेपछि कर्णाली नदी गाउँ पस्ने खतरा बढेको छ ।

राष्टि«य गौरबको रानी, जमरा, कुलरिया सिँचाइ आयोजनाले गत वर्ष निर्माण गरेको तटबन्ध नदीले भत्काएपछि शाहीपुर हुँदै नारायणपुर र सत्ती क्षेत्रमा नदी पस्ने खतरा बढेको हो। टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र रावलले गत वर्ष निर्माण गरिएको तटबन्ध र लञ्चर बगाएपछि नदीले कटान तीब्र पारेको बताए। ‘झण्डै डेढ सय मिटर तटबन्ध र लञ्चर समेत बगाएर एक मिटर जति मात्रै बाँकी रहेको छ,’ उनले भने ।

नदी बस्तीमा पसेमा टीकापुरका वडा नं ६, ७, ८ र ९ प्रभावित हुनेछन्। नगरस्तरीय विपद् व्यवस्थापन समितिका बैठकले तत्कालै तटबन्ध कार्य शुरु गर्नुपर्ने तयारी गरेपछि नेपाली सेनाको टोलीले कटान भइरहेको स्थल अध्ययन गरिसकेको नगर प्रमुख रावलले जानकारी दिए ।

तत्कात तटबन्धका लागि आवश्यक सामग्री जुटाएर काम थाल्ने निर्णय गरेका छौँ, सम्भवत आजैबाट तटबन्धको काम शुरु हुन्छ, जनशक्ति सिँचाइ कुलाका उपभोक्तालाई काममा लगाउने सहमति भएको छु, नगर प्रमुख रावलले भने, ुसमयमै नदी नियन्त्रण गर्न नसके बस्ती सखाप हुन्छ ।

तटबन्ध भत्कन थालेपछि नियन्त्रणका लागि रानीजमरा कुलरिया सिँचाइ आयोजनामार्फत ठूला ढुङ्गा प्रयोग गरी नदी नियन्त्रणको कार्यसमेत भइरहेको छ। तटबन्ध गर्न बाँसलगायतको व्यवस्थापन नगरपालिकाले गर्ने भएको छ। त्यस्तै आवश्यक नाइलन जाली, खाली बोरालगायत अन्य आवश्यक सामग्री र जनशक्तिको व्यवस्थापन रानी जमरा कुलरिया सिँचाइ आयोजनाले गर्नेछ ।

नदीले कैलालीतर्फ धार फेरेको र नदी साँघुरिएका कारण वर्षेनी कटानको समस्या बढ्दै गएको छ । कर्णाली नदीको चिसापानीबाट दक्षिणी क्षेत्रमा नदीको बीचमा थुप्रै टापुहरु रहेका छन्। वर्षेनि ती टापुहरुमा बालुवा थुप्रिने गर्दा नदीले धार परिवर्तन गरेर निर्माण गरेको तटबन्ध समेत भत्काउँदै आएको छ । नदी कटानकै कारण स्थानियहरु बिस्तापित हुदै आएका छन ।

ताजा खबर

भजनी नगरपालिकामा आधारभूत तहको नतिजा निराशाजनक

पुलबाट खोलामा खसेर बस दुर्घटना

कञ्चनपुरमा अढाई लाखभन्दा बढीको अवैध सामान बरामद

कैलालीमा चार जना फरार प्रतिवादी पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *