शेयेर गर्नुहोस
टीकापुर । टीकापुर नगरपालिका वडा नं. ८ बनगाउँमा संचालित जितु कटेज एण्ड रेष्टुरेण्टका संचालक जितराम चौधरीले त्रिभुवन माध्यमिक बिद्यालय बटनुरलाई आज मास्क हस्तान्त्रण गरेका छन ।
कोरोनाको समस्या यथावत नै रहेको भन्दै संचालक चौधरीले उक्त बिद्यालयका शिक्षक र बिद्यार्थीहरुका लागि ७ सय ५० थान मास्क हस्तान्त्रण गरेका हुन ।
सो कार्यक्रममा स्थानिय प्रहरीको समेत सहभागिता रहेको थियो । कालाकुण्डा प्रहरी चौकीको सहकार्यमा लागुऔषध दुव्र्यशनी बिरुद्ध जनचेतना कार्यक्रम समेत गरिएको थियो । कार्यक्रममा व्यानर जितु कटेज एण्ड रेष्टुरेण्टले सहयोग गरेको जनाइएको छ ।