शेयेर गर्नुहोस
सुदिप बिक,
टीकापुर । कैलालीको टीकापुरमा सामाजिक अगुवाहरुका लागी कोभिड १९ रोग रोकथाम र खोप कार्यक्रम सम्बन्धि अभिमुखिकरण शुक्रबार टीकापुरमा सम्पन्न भएको छ ।
टीकापुर नगरपालिकाको समन्वयाा केयर नेपालको आर्थिक सहयोग सामाजिक बिकासका लागी सचेत समाज धनगढी कैलालीको आयोजनामा सो कार्यक्रम भएको हो ।
उक्त अभिमुखिकरणमा टीकापुर नगरपालिकाका प्रबक्ता दिर्घ ठकुल्लाले कोभिडले मानिसमा मनोबैज्ञानिक रुपमा नकारात्मक रुपमा धेरै असर गरेको बताउदै रोगको नियन्त्रणका लागी स्थानिय सरकारले महत्त्वपूर्ण जिम्मेवारी निभाईरहदा पछिल्लो समयमा कोभिडले बिभिन्न किसिमका लक्षणहरु देखा परिरहेकोले स्वास्थ्यका मापदण्डहरु अपनाएर दैनिकी कामकाजमा सहज बनाउन समाजका अगुवाहरुले समुदायमा बिशेष पहल गर्न जरुरी रहेको बताए ।
त्यस्तै टीकापुर नगरपालिका स्वास्थ्य शाखका प्रमुख बल बहादुर रावलले कोभिड १९ को रोकथामका लागी लगाईने खोपको प्रकार खोप लगाईने समुह का बारेमा जानकारी दिनु भएको थियो ।
टीकापुर नगरपालिका स्वास्थ्य शाखामा कार्यरत कमल रावलले कोभिड १९ रोगथामका लागी तेस्रो लहरको कोभिडको लागी पुर्व तयारी योजना संगै खोपको अभियानको औचित्य र स्वास्थ्यका मापदण्ड बारे जानकारी गराएका थिए ।
सामाजिक बिकासका लागी सचेत समाज धनगढी कैलालीका अध्यक्ष बल बहादुर सिलाधरले समुदायमा कोभिड सँक्रमण हुन नदिन समुदायको जिवन रक्षाका लागी समुदायका अगुवा बडघरहरुको महत्तवपूर्ण योगदान रहेको बताउदै कोभिडको खोप सहित सचेत रहन समुदायमा रहेको अन्ध बिश्वासलाई हटाई सचेत रहनका लागी सहयोग गर्न आग्रह गरे ।
कार्यक्रमको सँचालन सामाजिक बिकासका लागी सचेत समाज धनगढी कैलालीका प्रेम सिँह तिरुवाले गरेका थिए भने अभिमुखिकरणमा टीकापुर नगरपालिकाका धामि, झाक्री, बडघर र भल्मन्सा गरि २१ जनाको सहभागीता रहेको थियो ।