बादलको नाम लिँदै प्रचण्डले भने– सम्झिँदा पनि एलर्जी हुन्छ

शेयेर गर्नुहोस

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउने निर्वाचनमा आफ्नो पार्टी एक नम्बरको पार्टी हुने दावी गरेका छन् । वाइसीएल काभ्रेको पाँचखाल नगर सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै प्रचण्डले सबै पार्टी कमिटी वैधानिक ढंगले निर्माण गर्ने काम भइरहेको भन्दै त्यसैअनुसार अघि बढ्न कार्यकर्ताहरूलाई निर्देशन दिए ।

‘हेर्नुहोला हामी एक नम्बर भएर देखाउँछौ, देखाउनैपर्छ । सबै जाग्ने हो भने त्यो टाढा छैन’, प्रचण्डको भनाइ छ । उनले कहिलेकाहीँ कसैले मानिसहरु निरास छन् भन्ने गरेको सुनेको भन्दै आफुले जनता निरास नभएको भनेर भन्ने गरेको बताए । ‘मैले के भन्ने गरेको छु भने जनता त निरास छैनन् । जनता अलिअलि वाक्कदिक्क भाका छन् किनभने माओवादीका नेता कहाँ गए रु सधै घरमा आउँथे, दुःख सुखका कुरा गर्थे, खेतीपाती पनि सघाउँथे भनेर निरास छन् । आइदिए हुन्थ्यो भन्ने छ’, प्रचण्डको भनाइ छ । उनले टाठा बाठा र चुनाव जितेकाहरू बिग्रेको बताए ।

‘बिग्रेका भनेका टाठा बाठा र चुनाव जितेका धेरै छन् । मैले जसलाई धेरै ठुलो मन्त्री बनाएँ, त्यहीँ सबैभन्दा ठुलो भगौडा । त्यही धोखेवाज । मन्त्री बनाएपछि ठिक हुन्छ जस्तो ठानियो तर केको हुन्थ्यो रु’, प्रचण्डले प्रश्न गरे ।
उनले टोपबहादुर रायमाझी र रामबहादुर थापा बादको नाम लिँदै भने, ‘त्यो टोपबहादुर भन्नेलाई मैले कति चोटी मन्त्री बनाएँ अहिले त कहाँ हेर्नुस् त । त्यो बादल मेरो हिजोको साथी, बढि त भन्दिन अहिले तर एलर्जी हुन्छ, सम्झिँदा पनि । कहाँबाट ल्याएर गृहमन्त्रीसहित सरकारको तपाई नेतृत्व गर्नुस् भनेर बनाएको त…?’ (साभारः रातोपाटी)

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed