शेयेर गर्नुहोस
टीकापुर । प्रहरीले लागूऔषधसहित धनगढी उपमहानगरपालिका–४ रातो पुल बस्ने ३७ वर्षीय बिरेन्द्र खडका लाई पक्राउ गरेको छ।
उनलाई कैलालीको गोदावरी नगरपालिका–२ अत्तरीया पहाड रोडमा संचालित सोभान गड्सेरा होटलबाट २ ग्राम खैरो हेरोइनसहित बिहीबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उक्त होटलमा लागूऔषध कारोबार भइरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारेको हो। घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।