गैँडाको खागसहित काठमाडौँबाट एक जना पक्राउ

शेयेर गर्नुहोस

काठमाडौं । काठमाडौं महानगरपालिकाको गौशाला तिलगंगा एरियाबाट संरक्षित वन्यजन्तु गैँडाको खागसहित एक जना युवक पक्राउ परेका छन् । ४५ ग्राम तौल भएको संरक्षित वन्यजन्तु गैँडाको खाग ९आखेटोपहार० सहित ललितपुर, ललितपुर महानगरपालिका(६ लगनखेल बस्ने ३० वर्षीय निकेश बस्नेतलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उक्त वस्तु अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न ल्याएको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।

उक्त वस्तु सहित उनलाई आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौंमा बुझाइएको उक्त व्यूरोले जनाएको छ ।
(साभारः रातोपाटी)

ताजा खबर

बैतडीमा कार दुर्घटना हुँदा २ जना घाइते

बझाङमा दिउँसो १ बजेबाट मतगणना सुरु

डडेल्धुरामा पसलमा आगलागी

चीनको दक्षिणी प्रान्तमा घुम्रपातका कारण ५ जनाको मृत्यु

अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न ३ जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *