बैतडीका ब्यापारी हत्या प्रकरण ः ४ जना आरोपित सार्वजनिक

शेयेर गर्नुहोस

बैतडी । जिल्लाको सुर्नया गाउँपालिका–४ शनसेरीमाण्डौमा व्यापारी कमलेसिंह महरा मृत्यु प्रकरणमा पक्राउ परेका ४ आरोपितलाई सार्वजनिक गरिएको छ । आज जिल्ला प्रहरी कार्यालय बैतडीले हत्यामा संलग्न ४ आरोपितलाई सार्वजनिक गरिएको हो ।

पक्राउ पर्नेमा सुर्नया गाउँपालिका– ५ हरिचनका २६ वर्षीय रामबहादुर मडै, सुर्नया– ४ का हरिशसिंह महरा, रामबहादुर महरा र शंकरसिंह महरा रहेको प्रहरीले जनाएको छ । उनीहरुले फलामको रडले हानेर महराको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

रामबहादुरसँग वादविवाद हुँदा महराको हत्या गरेका खुल्न आएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए । यस अघि पक्राउ परेका ३ जनालाई भने प्रहरीले सोधपुछ पछि छोडेको छ ।

सार्वजनिक भएका ४ जना माथि जिल्ला अदालत बैतडीबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बुधबार बिहान महराको शव चोटपटक लागेको अवस्थामा फेला परेको थियो । प्रहरीले अनुसन्धानका लागि सोमबार नै ७ जनालाई नियन्त्रणमा लिएको थियो ।

ताजा खबर

कैलालीको टीकापुर लगायतका ठाउँमा दुर्घटना हुँदा ५ घाइते

देशभर बदली : गण्डकीदेखि पश्चिममा वर्षा र हिमाली भेगमा हिमपात

माघीको चहलपहलसँगै माघीमय भए थारू बस्ती

amazed