चोरी मुद्धाका फरार प्रतिवादी पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१ शान्तिनगरका २८ बर्षीय नबिन चौधरी रहेका छन ।

उनलाई जिल्ला प्रहरी कार्यालय कैलाली मातहत अस्थायी प्रहरी पोष्ट शान्तिनगरबाट खटिएको प्रहरी टोलीले खोज तलासको क्रममा मंगलबार पक्राउ गरेको हो । जिल्ला अदालत कैलालीले २०७७ साल पौष १९ गते १ महिना ७ दिन कैद र १० हजार जरिवानाको फैसला सुनाएको थियो ।

पक्राउ परेका चौधरीलाई आजै जिल्ला अदालत कैलालीमा पेश गरिएको प्रहरीले जनाएको छ ।

ताजा खबर

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

amazed