भीरबाट लडेर एक महिलाको मृत्यु

शेयेर गर्नुहोस

दार्चुला । दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । खर काट्ने क्रममा दार्चुलाको नौगाड गाउँपालिका वडा नं २ सुण्डमुण्डकी अन्दाजी ४४ बर्षीया नरमादेवी ठगुन्नाको आज बिहान भीरबाट लडेर मृत्यु भएको स्थानीय चन्द्रावती ठगुन्नाले बताइन् ।

घर नजिकैको भैंसीमेला खरफागलामा खर काट्न गएकी नरमाको भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको बताइएको छ । नरमाको ५ छोरी र एक छोरा रहेका छन् । स्थानियका अनुसार उनका श्रीमानको पनि तीन बर्ष अगाडि मृत्यु भईसकेको छ ।

ताजा खबर

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

बर्दियाका युवक लागूऔषधसहित कैलालीको टीकापुरबाट पक्राउ

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

amazed