१७ बर्षिय किशोरलाई बहिनी नातापर्ने ३ वर्षीया बालिकाको बलात्कारको आरोप

शेयेर गर्नुहोस


डोटी । डोटीमा १७ बर्षिय किशोरद्वारा ३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेको छ । सो आरोपमा सायल गाउँपालिकाका १७ वर्षीय युवक पक्राउ परेका हुन् ।

उनी बालिकामाथि बलात्कारपछि फरार रहदै आएको आरोप छ । उनलाई मंगलबार शिखर नगरपालिका–११ स्थित आफन्तको घरबाट पक्राउ गरिएको डोटी प्रहरीले जनाएको छ ।

ती युवकले किशोरीलाई पानी खुवाउने भन्दै आफ्नो घरभित्र लगेर बलात्कार गरेको भन्दै पिडित बालिकाका आफन्तहरुले उजुरी दिएका छन् ।

ती बालिका उनकी बहिनी नाता पर्ने छिमेकी काकाकी छोरी हुन् । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

ताजा खबर

कञ्चनपुरमा मतदानस्थलको स्थलगत निरीक्षण

एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

किसान सहकारीले शुरु गर्यो “पढ्दै कमाउँदै” कार्यक्रम

लागुऔषध तथा अवैध मदिरा नियन्त्रणमा कैलाली प्रहरीको सक्रियता

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *