कैलालीमा विद्यालय स्तरीय फुटबल लिग हुने

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको बर्दगोरिया गाउँपालिकामा प्रथम प्रदेश व्यापी विद्यालय स्तरीय छात्र÷छात्रा बाल बाटिका फुटबल लिग २०७८ हुने भएको छ ।
नव बाल बाटिका विद्या मन्दिरले ठुलो धनराशिको विद्यालय स्तरीय छात्र÷छात्रा फुटबल प्रतियोगिता आयोजना गर्ने भएको हो । विद्यालयले बिहीबार पत्रकार सम्मेलन गर्दै आयोजना गर्ने लिगको बारेमा जानकारी दिएको छ ।

‘पारस्परिक सद्भाव शैक्षिक विकास,लैङ्गिक समानता एवम् स्वास्थ्यका लागी खेल’ भन्ने मूल नाराका साथ मसिंर १७ गते पुस १० गतेसम्म फुटबल लिग २०७८ प्रतियोगिता हुने बताइएको छ । विद्यालय स्तरबाट फुटबल खेलको विकासका लागी प्रथम प्रदेश व्यापी विद्यालय स्तरीय छात्र÷छात्रा बाल बाटिका फुटबल प्रतियोगिता हुने भएको हो । कक्षा १० सम्म अध्ययनरत छात्र÷छात्रा बिद्यार्थीहरुको सहभागी हुने गरी प्रतियोगिता गर्न लागिएको हो ।

विद्यालय स्तरबाटै देशका लागी सबल, सक्षम, सृजनशील र अनुशासित उत्कृष्ट फुटबल खेलाडीहरू उत्पादन गर्नको लागी फुटबल लिग आयोजना गरिएको मूल आयोजक समितिका संयोजक एवं नव बाल बाटिका विद्या मन्दिरका संस्थापक प्रिन्सिपल प्रमोद मल्लले जानकारी दिए ।
प्रदेश स्तरीय प्रतियोगिता गर्दे गर्दा आउने चुनौतीहरूलाई अध्ययन गर्दे सो चुनौतीलाई पछ्याउँदै प्रतियोगिता सफल बनाउन आफूहरू सक्षम हुने कुरामा विश्वस्त भएको उनले बताए ।

यस अघि दुई संस्करणको क्रिकेट प्रतियोगिताको आयोजना सफलता पूर्वक सम्पन्न गरेको हुँदा फुटबल प्रतियोगिता पनि सफल सफलता पूर्वक सम्पन्न गर्ने पत्रकार सम्मेलनमा प्रिन्सिपल प्रमोद मल्लले बताए । प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका छात्ररछात्रा गरी ३२–३२ टिमको सहभागिता हुने अपेक्षा लिएको छ ।

प्रतियोगितामा प्रथम हुने छात्ररछात्रा टिमले १ लाख १ हजार रुपैयाँ र द्धितिय हुने टिमले ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् भने उत्कृष्ट खेलाडीहरूले पनि धनराशिको पुरस्कार प्राप्त गर्ने भएका छन् ।
प्रतियोगिता लिक कम नकआउट प्रणालीका आधारमा मुडा बजारको खेल मैदानमा खेलाइने आयोजकले जनाएको छ ।

ताजा खबर

कैलालीको लम्की बाट ९ जना जुवाडे पक्राउ

कैलालीको टीकापुरमा लागूऔषधसहित दुई जना पक्राउ

कैलालीबाट ३ जना फरार प्रतिवादी पक्राउ

amazed