नारायणपुर जेशिजको आयोजनामा भएको फुटबल प्रतियोगिता सम्पन्न

शेयेर गर्नुहोस

गणेश क्षेत्री,
नारायणपुर । टीकापुर नगरपालिका वडा नं. ६ नारायणपुरमा आयोजित जेशिज सप्ताह तथा फुटबल प्रतियोगिताको आज सम्पन्न गरिएको छ ।
फुटबल प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय टिमलाई नगद सहित प्रमाणपत्र, शिल्ड तथा ट्रफि सहित बितरण गरी कार्यक्रम सम्पन्न गरिएको हो ।


फुटबल प्रतियोगितामा प्रथम टीकापुर बसपार्क युवा क्लबलाई प्रमाणपत्रसहित ३० हजार नगद, द्धितिय नव युवा क्लब सत्तीलाई प्रमाणपत्रसहित २० हजार र तृतिय नवज्योति युवा क्लब पर्सेनीलाई १५ हजार नगद र प्रमाणपत्रसहित पुरस्कार बितरण गरिएको हो ।


नायणपुर जेशिजको आयोजनामा भएको उक्त समापन कार्यक्रममा टीकापुर नगरपालिका ६ नं. वडा कार्यालयका वडाध्यक्ष एवं नारायणपुर जेशिजका अध्यक्ष बलीराम चौधरीको सभापतित्वमा भएको हो ।
साविक नारायणपुर गाबिसका पूर्व अध्यक्ष एवं नेपाली कांग्रेसका नेता फकिर सिँह कडायतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शेरसिँह रिजालले मन्तब्य राखेका थिए ।


यसैगरी कार्यक्रममा सत्ती प्रहरी चौकीका इन्चार्ज चंखबहादुर कडायत, नेपाली कांग्रेस ६ नं. वडाका सभापती नृपबहादुर कडायत, लक्ष्मी नारायण बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कपुरसिँह कडायत, नारायणपुर रेडक्रसका सभापती टोपबहादुर केसी, सन्देश श्रेष्ठ, हरी कार्की, मनिराम ढुंगाना, समाजसेवी जीतराम चौधरी लगायतको उपस्थिती रहेको थियो ।


नारायणपुर जेशिजका पूर्व अध्यक्ष शम्भु कडायतको स्वागत मन्तब्यमा भएको सो कार्यक्रम नारायणपुर जेशिजका महासचिब निरज चौधरीले संचालन गरेका थिए ।

ताजा खबर

माघीको चहलपहलसँगै माघीमय भए थारू बस्ती

क्वारेनटाइन नहुँदा तरकारी ल्याउन विवाहको कार्ड देखाउनुपर्ने

धर्मापुर कटान ग्रामीण सहकारीको १५ औं साधारणसभा सम्पन्न

एसएसपी बढुवाको तयारी, यी ३८ जना प्रतिस्पर्धी

amazed