अछाममा जन्ती बोकेको जिप दुर्घटना, ४ को मृत्यु, १४ घाईते

शेयेर गर्नुहोस

अछाम । अछाम जिल्लामा जन्ती बोकेको जिप दुर्घटना भएको छ । जन्ती बोकेर विनायक बजार तर्फ जादै गरेको से १ च १७६३ नम्बरको बोलेरो जिप आइतबार राति पञ्चदेवल विनायक नगरपालिका १ कुइकामा दुर्घटना भएको हो ।

जिप दुर्घटना हुदाँ ४ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा पञ्चदेवल विनायक–२ का १४ वर्षीय जीवन न्यौपाने, १८ वर्षीयका सर्प बोहरा र वडा नम्बर ३ का १७ वर्षीय जीवन जैसी र र १७ वर्षीय हिमाल नेपाली रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

घाईते मध्ये २ जनाको अबस्था केही गम्भिर रहेकाले थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ भने बाकिँको जिल्ला अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

कच्ची सडकमा ब्याक गर्ने क्रममा अनियन्त्रित भएर जिप दुर्घटना भएको बताइएको छ । जिप सडकबाट करिब ३०० मिटर तल खसेको जनाइएको छ ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *