बाढी–पहिरोबाट ४८ को मृत्यु, ३१ बेपत्ता

शेयेर गर्नुहोस

काठमाडौं । आइतबारदेखिको अविरल वर्षाका कारण गएको बाढी–पहिरोबाट देशभर ४८ जनाले ज्यान गुमाएका छन् । गृह मन्त्रालयका अनुसार ११ जिल्लाका ४८ जनाको बाढी तथा पहिरोका कारण मृत्यु भएको हो ।

मन्त्रालयका अनुसार बाढी तथा पहिरोबाट कालिकोटमा १, बैतडीमा ४, डडेलधुरामा १, डोटीमा ९, हुम्लामा ६, प्युठानमा १, धनकुटामा ६, सुनसरीमा २, पाँचथरमा ६, इलाममा ११ र उदयपुरमा १ जनाको मृत्यु भएको छ । यस्तै डोटीमा १ जना, बझाङमा २३ जना, प्युठानमा २ जना र इलाममा ५ जना बेपत्ता भएको पनि मन्त्रालयले पुष्टि गरेको छ ।

यस्तै ७ जिल्लाका २३ जना घाइते भएका छन् । यस्तै २० घरमा बाढी पहिरोले क्षति पुर्याएको पनि मन्त्रालयले जनाएको छ ।
(यो समाचार रातोपाटीबाट लिइएको हो ।)

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed