बाढी–पहिरोबाट ४८ को मृत्यु, ३१ बेपत्ता

शेयेर गर्नुहोस

काठमाडौं । आइतबारदेखिको अविरल वर्षाका कारण गएको बाढी–पहिरोबाट देशभर ४८ जनाले ज्यान गुमाएका छन् । गृह मन्त्रालयका अनुसार ११ जिल्लाका ४८ जनाको बाढी तथा पहिरोका कारण मृत्यु भएको हो ।

मन्त्रालयका अनुसार बाढी तथा पहिरोबाट कालिकोटमा १, बैतडीमा ४, डडेलधुरामा १, डोटीमा ९, हुम्लामा ६, प्युठानमा १, धनकुटामा ६, सुनसरीमा २, पाँचथरमा ६, इलाममा ११ र उदयपुरमा १ जनाको मृत्यु भएको छ । यस्तै डोटीमा १ जना, बझाङमा २३ जना, प्युठानमा २ जना र इलाममा ५ जना बेपत्ता भएको पनि मन्त्रालयले पुष्टि गरेको छ ।

यस्तै ७ जिल्लाका २३ जना घाइते भएका छन् । यस्तै २० घरमा बाढी पहिरोले क्षति पुर्याएको पनि मन्त्रालयले जनाएको छ ।
(यो समाचार रातोपाटीबाट लिइएको हो ।)

ताजा खबर

कञ्चनपुरमा मतदानस्थलको स्थलगत निरीक्षण

एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

किसान सहकारीले शुरु गर्यो “पढ्दै कमाउँदै” कार्यक्रम

लागुऔषध तथा अवैध मदिरा नियन्त्रणमा कैलाली प्रहरीको सक्रियता

amazed