टीकापुरमा बाढी र डुबानको निरिक्षणका लागि दुई मन्त्री आउदै

शेयेर गर्नुहोस

यज्ञराज उपाध्याय,
टीकापुर । बाढी र डुबानको निरिक्षणका लागि सुदूरपश्चिम प्रदेश दुई जना मन्त्री टीकापुर आउने कार्यक्रम भएको जानकारी प्राप्त भएको छ ।

नेकपा (एकीकृत समाजवादी) टीकापुर नगर कमिटी अध्यक्ष रंग अधिकारीले मलवारालाई दिएको जानकारी अनुसार प्रदेश सरकारका सामाजिक विकास मन्त्रालय मन्त्री लाल बहादुर खड्का, आन्तरिक मामिला तथा कानुन मन्त्रालय मन्त्री पुर्णा जोशी टीकापुर आउदै हुनुहुन्छ ।

असोज ३१ गते साँझदेखि लगातार परेको बेमौसमी वर्षाले कैलालीको पुर्वी क्षेत्र पुर्ण रुपमा जोखिममा छ । कर्णाली नदीमा पानीको बहाब निकै बढेपछि जानकी गाउँपालिका र टीकापुर नगरपालिकाका तटीय र बजार क्षेत्रका नागरिक बाढी र डुबानको मर्कामा छन् । नदीको पानी बस्ती हुँदै घरमा पसेपछि सयौं परिवार विस्थापित भएका छन् ।

वर्षाका कारण यति बेला सबैभन्दा मर्का किसानलाई परेको छ । खेतमा काट्न तयारी अवस्थामा रहेको धान र काटेर उठाउन मात्र बाँकी रहेको धान पुरै नष्ट भएपछि किसानहरु चिन्तित बनेका छन् ।

यसैको निरिक्षणका लागि प्रदेशका मन्त्रीहरुसहित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका डिआइजी पुरुषोत्तम कंडेल पनि आउदै हुनुहुन्छ । मन्त्रीहरुलाई नदीले बढी समस्या निम्त्याएको ठाउँमा लग्ने कार्यक्रम रहेको नेता अधिकारीले जानकारी दिनुभयो ।

ताजा खबर

कैलालीको टीकापुर घटनाका सबै कैदीबन्दी रिहा

कैलालीको लम्कीमा साइकलबाट लडेर पुरुषको मृत्यु

आज देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *