टीकापुर ८ मा अखिल नेपाल महिला संगठनद्वारा कम्बल बितरण

शेयेर गर्नुहोस

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ८ बटनपुरमा आज नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीको भातृ संगठन अखिल नेपाल महिला संगठनले ३२ जना सुत्केरी महिलालाई कम्बल बितरण गरेको छ ।


जाडोको मौसम बढीरहेका बेला सुत्केरी महिला तथा स–साना नानीहरुलाई केहि बढी नै जाडो हुने भएकाले केहि राहत हुने भन्दै सो संगठनले कम्बल बितरण गरेको अखिल नेपाल महिला संगठनकि केन्द्रिय सदस्य सुर्या साउँदले बताइन ।


साउँदले भनिन्– बिगतका दिनहरुमा समेत अखिल नेपाल महिला संगठनले महिलाका लागि बिभिन्न कामहरु गर्दै आएको र आगामि दिनमा सम्बन्धित निकायसंग सहकार्य गरी निशुल्क स्वास्थ्य परिक्षणको आयोजना गर्ने बताइन ।


टीकापुर नगरपालिका वडा नं. ८ का वडाध्यक्ष दिर्घ बहादुर ठकुल्लाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा एकिकृत समाजवादी पार्टीकि सुदूरपश्चिम प्रदेश इन्चार्ज गरिमा शाह प्रमुख अतिथी रहेकि थिइन ।


एकिकृत समाजवादी पार्टीका युवा नेता झपट सोडारीले संचालन गरेको कम्बल बितरण कार्यक्रममा सो पार्टीका नेता सुर्यचन्द्र भट्टराई लगायतको समेत उपस्थिती रहेको थियो ।

ताजा खबर

सामाजिक सञ्जालमा ‘रिप’ लेख्ने फेसन

नवनियुक्त प्रधानमन्त्री ओलीले लिए शपथ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *