टीकापुर नगरपालिका र स्काउटको संयुक्त आयोजनामा पार्क सरसफाई

शेयेर गर्नुहोस

टीकापुर । टीकापुर पार्कमा आज सरसफाई गरिएको छ । टीकापुर नगरपालिका तथा नेपाल स्काउट स्थानिय परिषदको संयुक्त आयोजनामा सरसफाई गरिएको हो ।


टीकापुर नगरपालिका प्रमुख तपेन्द्र बहादुर रावलको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रम नेपाल स्काउट स्थानिय परिषद संयोजक तारा साउँदको सभापतित्वमा भएको हो ।
कार्यक्रम संचालन कर्णाली माध्यमिक बिद्यालयका प्रधानाध्यापक धर्मराज शार्माले गरेका थिए ।


कार्यक्रममा टीकापुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत दमन चौधरी, नेपाल स्काउट सुदूरपश्चिम प्रदेश सल्लाहकार काशीराम ढुंगाना, बिरेन्द्र बिद्या मन्दिर माध्यमिक बिद्यालयका स्काउट शिक्षक पदमराज ओझा, खिमा घर्ती र सुरेश उपाध्याय, कर्णाली माध्यमिक बिद्यालयका स्काउट शिक्षक धन बहादुर बिक, हिमालय माध्यमिक बिद्यालय घियाका स्काउट शिक्षिका आशा भण्डारी, आर एम इ का स्काउट शिक्षक लोक बहादुर साउँदको समेत उपस्थिती रहेको थियो ।


यसैगरी कर्णाली माध्यमिक बिद्यालय, बिरेन्द्र बिद्या मन्दिर मावि, हिमालय मावि घिया र आरएमइका बिद्यार्थीहरु लगायतको उक्त सरसफाई कार्यक्रममा सहभागिता थियो ।

ताजा खबर

कैलाली र बाँकेमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

दार्चुलामा अरिङ्गालको टोकाइबाट वृद्धको मृत्यु

कोप–२८ सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल आज यूएई जाने

कैलालीबाट १६ वर्षीय बालक बेपत्ता

नेपाल भारत मैत्री सांस्कृतिक संगमको लोगो सार्वजनिक

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *