लम्कीमा घाइते भेटिएका युवकको मृत्यु

शेयेर गर्नुहोस

टीकापुर । लम्कीमा घाइते भेटिएका युवकको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिका वडा नम्बर १० स्थित सडकखण्डमा अन्दाजी २८/३० वर्षका युवक शुक्रबार राति घाइते अवस्थामा भेटिएका थिए ।

पहिचान नखुलेका उनलाई प्रहरीले उपचारका लागि टीकापुर अस्पताल पुर्याइएकोमा उनको गएराति नै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनास्थलमा गाडीको सिसा भेटिएकोले यस सम्बन्धमा अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । गाडीको ठक्करबाट उनको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed