गोदावरी नेपाली कांग्रेस नगरको चुनाव आज हुदै

शेयेर गर्नुहोस

अत्तरिया । नेपाली काग्रेस गोदावरी नगर कार्यसमितिको चुनाब आज हुदैछ । काग्रेसको १४ औँ महादिवेशन अन्र्तगत कैलालीमा वडा तहको अधिबेशन सम्पन्न भएसंगै आज नगर अधिबेशनका लागि चुनाब हुने भएको हो ।

गोदावरी नगरपालिकामा आज २ वटा टिमले छुट्टाछुट्टै रुपमा प्यानल सहित उमेद्धवारी दर्ता गराएका छन् । एक टिमवाट नगरसभापतिमा विर बहादुर चोखाल र अर्कोवाट बिष्णु बडैलाको टिमले प्यानल सहित उमेद्धवारी दर्ता गराएका हुन् ।

आज बिहान ८ बजेदेखी अत्तरिया उधोग वाणिज्यको परिसरमा निर्वाचन प्रकृया सुरु हुने निर्वाचन अधिकृत नवराज ओझाले जानकारी दिए । ६७ पदका लागि ९२ जनाको मात्रै उमेद्धवारी परेको छ ।

चोखालको टिमवाट उप सभापतिमा प्रेम सिंह बडैला र प्रेम बहादुर कुमाल , सचिबमा अशोकराज देवकोटा र योगेश भट्ट , सह सचिबमा दिलिप कुमार साउँद र धर्मा शाह बलाएर र अन्य सदस्य गरि ६७ जनाले उमेद्धवारी दर्ता गराएका छन् ।

उता बडैलाको टिमवाट उप सभापतिमा धर्मराज भट्ट र सुरज जोशी , सचिबमा बिक्रम बि।क र चिरिञ्जीवी भट्ट , सह सचिबमा दिनेश खत्री र जगत बहादुर खड्का र अन्य सदस्य गरि २५ जनाको उमेद्धवारी दर्ता भएको निर्वाचन अधिकृत नवराज ओझाले जानकारी दिए ।

८ वटा महत्वपूर्ण पद र बाकिँ सदस्य गरि ६७ सदस्यीय नगर कार्यसमिती गठन हुनेछ । एक जना महत्वपूर्ण पद कोषाध्यक्ष पछि निर्वाचित कमिटिले मनोनित गर्नेछ । नगरअधिबेशनमा २ सय ३९ जना मतदाताहरु सहभागि हुनेछन् ।

ताजा खबर

एमाले कैलालीको अध्यक्षमा यज्ञराज ढुङ्गाना विजयी

बैतडीमा ससुराली गएका एक पुरुषको मृत्यु

धनगढीबाट लागूऔषधसहित दुई युवक पक्राउ

हेर्नुहोस् आजको तपाईको राशिफल !

प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज बस्दै

amazed