टीकापुर नगरपालिका राजस्व उपशाखाको आयोजनामा राष्ट्रिय कर दिवश उद्घाटन

शेयेर गर्नुहोस

५ करोड ४८ हजार ८ सय ९७ रुपैयाँ कर संकलन
टीकापुर । टीकापुर नगरपालिका राजस्व उपशाखाको आयोजनामा बुधबार दशौं राष्ट्रिय कर दिवश उद्घाटन भएको छ ।
मंसिर ७ गतेसम्म संचालन हुने उक्त कार्यक्रम टीकापुर नगरपालिका नगर प्रमुख तपेन्द्र बहादुर रावललको प्रमूख आतिथ्यमा भएको हो ।


कार्यक्रममा प्रमुख अथिती रहनुभएका रावलले टीकापुर नगरपालिका भित्र करको दायरालाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने बारे हामी गम्भिर रहेको बताउनुभयो ।
यो कार्यक्रमले कर सम्बन्धि राम्रो अनुभव तथा सन्देश जाने बिश्वास समेत रहेको नगर प्रमुख रावलले बताउनभयो ।


टीकापुर नगर उपप्रमुख केशरी बिष्ट रावलको अध्यक्षतामा भएको सो कार्यक्रममा टीकापुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत दमन चौधरी बिशिष्ठ अतिथि रहनु भएको थियो ।
सो कार्यक्रममा टीकापुर नगरपालिका कर्मचारी डिला कुमारी जोशीले स्वागत मन्तब्य राख्नु भएको थियो ।


यसैगरी टीकापुर नगरपालिका १ नं. वडाका वडा अध्यक्ष गंगाराम आचार्यले सबैलाई करको दायरामा आउन आग्रह गर्नुभयो ।


एकसाता सम्म चल्ने सो कार्यक्रम टीकापुर नगरपालिका नायव सुब्बा अमृता रावलले संचालन गर्नुभएको थियो ।


टीकापुर नगरपालिकाले आ.व. २०७७/०७८ को कर संकलनमा ६ करोड १० लाख २ हजार ५ सय रुपैयाँ लक्ष लिएकोमा ५ करोड ४८ हजार ८ सय ९७ रुपैयाँ कर संकलन गरेको सो कार्यक्रमकि संचालिका अमृता रावलले जानकारी दिनुभयो ।


सो कार्यक्रममा टीकापुर नगरपालिकाका वडाध्यक्षहरु, वडा सचिबहरुको समेत सहभागिता रहेको थियो ।


कार्यक्रममा कर्णाली माध्यमिक बिद्यालय टीकापुरका प्रधानाध्यापक धर्मराज शर्मा, जनजागृति माबि सितापुरका शिक्षक रघु उपाध्याय लगायतको उपस्थिती थियो ।
कर सम्बन्धि बिभिन्न नारा सहित बजार परिक्रमा समेत गरिएको थियो ।

ताजा खबर

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *