प्रधानमन्त्री देउवा दम्पति महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन

शेयेर गर्नुहोस

टीकापुर । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा महाधिवेशन प्रतिनिधिका लागि सर्वसम्मत चयन हुनुभएको छ ।

उहाँ गृह जिल्ला डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन हुनुभएको निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले जानकारी दिनुभयो । सभापति देउवाले मन्जुरीनामा मार्फत उम्मेदवारी दिनुभएको थियो ।

यस्तै कांग्रेस नेतृ एवम् प्रधानमन्त्री देउवा पत्नी डा. आरजु राणा पनि महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन हुनुभएको छ । कांग्रेस पार्टीको विधानको धारा १५ को उपधारा १ (ग) मा केन्द्रीय समितिका पदाधिकारी र सदस्य स्वतः एक अवधिका लागि महाधिवेशन प्रतिनिधि हुने उल्लेख छ ।

ताजा खबर

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed