नेपाल पत्रकार महासंघका पुर्व उपाध्यक्ष भण्डारीलाई प्रहरीले दुर्व्यवहार गरेकोमा महासंघको आपत्ति

शेयेर गर्नुहोस

टीकापुर । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष खिलबहादुर भण्डारीमाथि प्रहरीले दुव्र्यबहार गरेकोमा पत्रकार महासंघले आपत्ती जनाएको छ ।
महासंघका पुर्व उपाध्यक्ष भण्डारीको आफ्नै निवासमा एक्कासि प्रवेश गरेर सादा पोसाकमा रहेका प्रहरीले दुर्व्यवहार गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कानुनको पालना नगरी बुढानिलकण्ठ नगरपालिका–११ कपनस्थित आज दिउँसो पूर्व उपाध्यक्ष भण्डारीको घरमा केही महिना अगाडि डेरा बसी छाडिसकेका व्यक्तिको बारेमा सोधखोज गर्न एक्कासि पुगेका ५ जना सादा पोसाकका प्रहरीले दुव्र्यबहार गरेका हुन ।


के कसो भनी जानकारी लिन खोज्दा प्रहरीले उल्टै नेपाल पत्रकार महासंघका पुर्व उपाध्यक्ष भण्डारीलाई दुर्व्यवहार गरेको पूर्वउपाध्यक्ष भण्डारीले महासंघलाई जानकारी गराएका थिए ।

‘कुनै पनि व्यक्तिको घरमा पुगेर सोधखोज गर्दा प्रहरीबाट पदीय जिम्मेवारी वहन गर्न मर्यादित भई काुनीरुपमा प्रस्तुत हुनु पर्नेमा यस किसिमले दुर्व्यवहार गरिनु निन्दनीय र दुःखद् कार्य हो ।


सो बारे नेपाल पत्रकार महासंघले घटनाको छानबिन गरी दोषी प्रहरीमाथि विभागीय कारबाही गर्न र यस्ता कार्य नदोहोर्‍याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन नेपाल पत्रकार महासंघको बिज्ञप्तीमा उल्लेख छ ।

ताजा खबर

कैलालीमा लागुऔषधसहित एक युवती र ३ युवक पक्राउ

कैलालीको टीकापुर र जानकीका ३ जना लागूऔषधसहित पक्राउ

पूर्वराजा ज्ञानेन्द्र शाहको सुदूरपश्चिम भ्रमणको तयारी

कञ्चनपुरमा रेक्सोजेसिक एम्पुलसहित एक जना पक्राउ

कैलालीको टीकापुर र गौरीगंगाबाट फरार प्रतिवादी पक्राउ

amazed