शेयेर गर्नुहोस
टीकापुर । कैलालीको सत्ती भन्सार कार्यालय र त्रिनगर भन्सार हुँदै रोजगारीका लागि भारत जानेहरुको भिडभाड भएको छ ।
कामका लागि भारत जानेहरुको भिडभाड भउको हो । कैलाली तथा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका मानिसहरु यतिबेला सत्ती भन्सार र त्रिनगर भन्सार हुँदै रोजगारीका लागि भारत जान थालेका हुन ।
चाडबाड सकिएसँगै पहाडी जिल्लाका मानिसहरु मौसमी कामका लागि भारत जान निस्किएकाले कैलालीका भन्सारहरुमा भीड नै लाग्ने गरेको छ ।
देशमा रोजगारीका अवसर नहुँदा हिउँदे खेती लगाएर सुदूरपश्चिमका पहाडी सात जिल्ला तथा अन्य जिल्लाबाट बुढादेखि युवासम्म काम खोज्न भारत तिर लागेका हुन ।भारतमा कोरोनाको दोस्रो लहर चलेको समयमा बेरोजगार हुँदै घर फर्किएका नागरिकहरु फेरी कामका लागि भारत जान बाध्य भएका हुन ।