शेयेर गर्नुहोस
टीकापुर । किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २७ औं बार्षिक शाधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष सुरेन्द्र कुमार शाहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बिशिष्ठ अतिथी राष्ट्रिय सहकारी बैंकका सदस्य शिबा थापा रहनु भएको थियो ।
कार्यक्रममा सो संस्थाका महाप्रबन्धक डम्बर बहादुर शाहले मन्तब्यका क्रममा यो संस्था हजुरहरु सबैको प्रेरणाले उन्नतीतर्फ अघि बढेको बताउनुभयो ।
शाहले २०७७/०७८ सम्ममा ५०० करोड रकम बचत गर्न सफल भएको बताउनुभयो ।
सुदूरपश्मिका ६ जिल्लामा शाखा संचालन गरेको यो संस्थामा हाल २४० जना कर्मचारी कार्यरत रहेको समेत उहाँले कार्यक्रममा जानकारी गराउनु भयो ।
कोभिडको माहामारीका बेला कोभिडबाट संक्रमित सेयर सदस्यहरुलाई सहानुभुतिका लागि ५ हजारका दरले सहयोग गरेकोपनि माहाप्रबन्धक शाहले बताउनुभयो ।
शाहले संस्थाको २०७७/०७८ सम्ममा मात्र १८ करोड सेयर पुँजि रहेको कुरा समेत जानकारी गराउनुभयो ।
संस्थाले गुनासाहरु सुन्नका निमित्त टोल फ्री नं. र एटिएम सेवा समेत प्रवाह गरेको बताउनुभयो । नेपालमा जुनसुकै ठाउँबाटपनि जुनसुकै एटिएम सेवाबाट रकम झिक्दा कुनैपनि दस्तुर नलाग्ने कुरा समेत शाहले बताउनुभयो ।
कार्यक्रममा संस्थाका पूर्व उपाध्यक्ष भानु शाह, लेखा सुपरिवेक्षण समिति संयोजक नृप बहादुर कुवँर, लम्की चुहा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बिक्रम चौधरीले मन्तब्य राख्नु भएको थियो ।
साथै संस्थाका उपाध्यक्ष टिकेन्द्र बहादुर थापाले स्वागत गरेको सो कार्यक्रममा धन्यवाद मन्तब्य विनादेवी पनेरुले राख्नु भएको थियो । कार्यक्रम संचालन सो संस्थाका सचिब लाकराज तिमिल्सेनाले गर्नुभएको थिायो ।