सवारी दुर्घटना न्युनिकरण गर्न ट्राफिक प्रहरीले गर्यो अन्तर्क्रिया

शेयेर गर्नुहोस

समीर भट्ट

धनगढी । धनगढीमा सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापन सम्बन्धी सरोकारवाला निकायसँग छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

शुक्रवार हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी नारालाई आत्मसाथ गर्दै समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलाली धनगढीको प्राङ्गणमा कार्यक्रम सम्पन्न गरिएको हो ।

अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले धनगढीमा सबैभन्दा बढी अटो(रिक्सा अव्यवस्थित भएकाले सवारी चाप बढ्नुका साथै धनगढीका निर्माणाधीन सडक, पार्किङ स्थलको कमी हुनु, नागरिकहरूमा सचेतना र स्व(विवेकको कमी हुँदा ट्राफिक व्यवस्थापनमा चुनौती भएको बताएका छन् ।

यस्तै, कार्यक्रममा धनगढी उप(महानगरपालिका वडा नं। ५ का वडा अध्यक्ष हिरा ब। पातली ले धनगढी उप(महानगरपालिकाको प्रतिनिधित्व गर्दै धनगढीको ट्राफिक व्यवस्थापनमा अटो(रिक्साले सबै भन्दा बढी अप्ठेरो पारेको कुरामा सहमति जनाउँदै तिन तहको सरकारको आफ्नै ढिपपिले अटो रिक्सा दर्ता भइरहँदा चाप बढेको बताए । उनले निर्माणाधीन सडकमा ट्याक्टरका पाङ्ग्राले क्षति पुग्ने हुँदा ट्याक्टरहरूमा टायर थप गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै, जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीमा हालसालै खटिआएका कार्यालय प्रमुख एवम् ट्राफिक प्रहरी निरीक्षक वकिल बहादुर सिंहले मापसे गरेर, बिना लाइसेन्स र गलत रुटमा सवारी चलाउन पाइने नेपालका कुनै कानुनमा नभएकोले उक्त गल्ती गर्नेहरू कारबाहीको भागेदार हुनुपर्ने बताए । निरीक्षक सिंहले आफ्नो तिन ओटा ुओु ९ओभर स्पिड, ओभरटेक र ओभर लोड० मा मुख्य निगरानी रहने र तिनलाई आफ्नो नेतृत्वकालामा शून्यमा झार्ने बताए ।

साथै, सिंहले अटो रिक्सा बढी हुँदा भएको समस्यालाई जति सक्दो चाँडो समाधान गर्ने बताए । ुुअटोको रुट परमिट जहाँबाट दर्ता गरिएको छ । त्यही रुटमा क्लियर रूपमा चल्नु पर्छ । जुन ठाउँमा दर्ता गरिएको छ । जस्तो, यातायात कार्यालयमा दर्ता हुने हो या नगरपालिकामा हुने हो, या भौतिक पूर्वाधार मन्त्रालयमा हुने हो । त्यहाँ बाट चाडै डाटा निकाल्छु । त्यसमा क्लियर हुनुर्छ। कुन साधन कुन प्रायोजनका लागी दर्ता भएको हो त्यो हेरिन्छ । सकभर गौरी गंगाको लागी हो भने त्यो गौरीगङ्गा नै जावस क्या । यहाँ चाप पनि घट्ने, दुर्घटना पनि न्यूनीकरण हुने ।ुु उनले भने ।

यसै गरी, जिल्ला प्रहरी कार्यालय कैलाली सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक वेद प्रकाश जोशीले सबै नागरिकहरू मिले मात्रै दीर्घकालीन परिवर्तन सम्भव भएको बताएका छन् । उनले जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको उद्देश्य नागरिक सुरक्षा गर्नु नै रहेको बताउँदै हरेक नागरिकले आ(आफ्नो घरबाट सडक सुरक्षा तथा ट्राफिक नियम बारे आफ्ना छोरा, छोरी, घरका सदस्य लगायत छरछिमेकमा यसबारे चर्चा गर्न र सही नियम बारे जानकारी प्राप्त गरी नियमको पालना गर्न आग्रह गरे ।

अन्तरक्रिया कार्यक्रममा यातायात कार्यालय, खानेपानी संस्थान, अटो रिक्सा चालक मजदुर सङ्घ, मजदुर भलाई सङ्घ, नेपाल आयल निगम, विभिन्न यातायात व्यवसायी समिति, पत्रकार, राजनीतिज्ञ लगायतका विभिन्न सरोकारवाला निकायको सहभागिता रहेको थियो ।

ताजा खबर

कर्णालीबाट हाम फालेर बेपत्ता भएका शाहीको तीनपछि शव भेटियो

नागरिक उन्मुक्ति पार्टीभित्र फेरी किचलो

कञ्चनपुरमा ५६ वर्षीय पुरुष एसइईको परिक्षा दिँदै

टीकापुर नगरपालिकाले मनायो विश्व क्षयरोग दिवस

धनगढीका मेयर हमालकी छोरी सम्पर्कमा

amazed

छुटाउनु भयो कि !

हाम्रो फेसबुक