कैलालीको भजनीबाट लागूऔषधसहित तीन जना पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको भजनी नगरपालिका ३ बाट प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा कैलाली बर्दगोरीया गाउँपालिका १ बस्ने १८ वर्षीय साहील ठाकुर र सुर्खेत चौकुने गाउँपालिका ४ विजौरा बस्ने १८ वर्षीय रमेश बुढाक्षेत्री छन् ।

उनीहरूका साथबाट सशस्त्र प्रहरीले ३ ग्राम ब्राउन सुगर र ४ वटा नाईट्रोभेट ट्याब्लेट फेला पारेको छ ।

लु ८१ प ५००३ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कुसुमघाटबाट खटिएको सशस्त्र प्रहरीले चेकजाँच गर्दा उनीहरुको साथमा उक्त लागूऔषध फेला पारेको हो ।

उनीहरू सवार मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषध तथा मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको छ ।

ताजा खबर

निर्वाचनको लागी मिति तोकियो

कैलालीको टीकापुर घटनाका सबै कैदीबन्दी रिहा

कैलालीको लम्कीमा साइकलबाट लडेर पुरुषको मृत्यु

आज देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द

amazed